बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News महिनाको पहिलो दिन शेयर बजार राताम्मे २७ अङ्कले घट्यो

महिनाको पहिलो दिन शेयर बजार राताम्मे २७ अङ्कले घट्यो

by sambridhaonline

भदौ ०१,पोखरा – भदौ महिनाको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव १४ अङ्कले घटेर २ हजार ७ सय ६१ दशमलव २२ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा व्यापारको शेयर १ दशमलव ६४, अन्यको १ दशमलव ३४, माइक्रोफाइनान्स समूहको शेयर १ दशमलव ३१ प्रतिशतले ओरालो लागेको छ ।

आज सम्पदा लघुवित्त कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन राष्ट्रिय वाणिज्य बैंक म्युचल फन्ड–१ को शेयर भने झन्डै ८ प्रतिशतले बढेको छ ।

आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३ सय १७ वटा कम्पनीको २ करोड ५ लाख कित्ता शेयर ७ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline