बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News वालिङबाट अवैध उत्खननमा प्रयोग भएको जेसीबी नियन्त्रणमा

वालिङबाट अवैध उत्खननमा प्रयोग भएको जेसीबी नियन्त्रणमा

by sambridhaonline

भदौ ३,पोखरा – स्याङ्जाको वालिङ नगरपालिका –६ मिर्दीस्थित खोलानालामा अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले एक जेसीबी नियन्त्रणमा लिएको छ ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले नदिजन्य पदार्थ उत्खनन भइरहेको भन्ने विशेष सूचनाका आधारमा सोमबार सो जेसीबीलाई नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएको प्र ३–०१००३ क ६६६५ नम्बरको जेसीबीलाई आवश्यक कारबाहीका लागि वालिङ नगरपालिकाको कार्यालय पठाइएको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रसन्न राज चौधरीले जानकारी दिए ।

नदिजन्य पदार्थको अवैध उत्खननले वातावरणीय असन्तुलन सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवनमा जोखिम थपिने भएकाले यसलाई नियन्त्रण गर्न नियमित अनुगमन र कडा कारबाही गर्नुपर्ने सरोकारवालाहरूको धारणा रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline