भदौ ७,पोखरा – नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल साँस्कृतिक महासंघ, नेपाल पर्वत शाखाद्वारा नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा शुक्रवार आयोजित शुभकामना आदान प्रदान तथा दर विशेष कार्यक्रम सम्पन्न भएको छ । तीजको अवसरमा सवै दाजु भाई दिदी वहिनीहरु एकैथलोमा सहभागी भई शुभकामना आदान प्रदान गर्दै आपासी सदभाव अभिवृद्धिको साथै सांगठानिक सुढृदीकरणमा योगदान पु¥याउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले महासंघको नयाँ जिल्ला नेतृत्वले अत्यन्त समय सान्दार्भिक कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै पाटीका सवै नेताहरुलाई यथोचित सम्मान दिंदै अगाडी वढनुपर्नेमा जोड दिनु भयो । उहाँले पाटीलाई वलियो वनाउन भातृ तथा सुभेच्छुक संस्थाहरुको अहम् भुमिका रहने भन्र्दै यस किसिमका कार्यक्रमले सामाजिक सदभाव वृद्धिमा समेत पुग्ने वताउनु भयो । वर्तमान समसामायिक राजनीतिको वारेमा वोल्दै प्रमुख अतिथि जोशीले पाटी भित्रका भष्ट्र नेता तथा कार्यकर्ताको खुलेर विरोध गर्ने वातवरण नभएसम्म जनविश्वास हासिल गर्न नसकिने भन्दै राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रमका विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ्गले नेपाल साँस्कृतिक महासंघ पर्वत शाखाले अनुकरणीय कार्यहरु थालनी गरेको भन्दै महासंघको हरेक गतिविधीमा आफ्नो साथ र सहयोग रहने वताउनु भयो ।

कार्यक्रमका अर्का विशिष्ट अतिथि नेपाल साँस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष तिर्थ थापाले नारीहरु भनेको सृष्टि धान्ने शक्ति हो भन्दै नारीको यथोचित सम्मान विना कुनै पनि समाज वा राजनीति सफल नहुने वताउनु भयो । साहित्य र संस्कृति पनि समाजको अभिन्न अंग भएको वताउदै नेपाली कांग्रेस पाटीले सांस्कृतिक क्षेत्रलाई थप प्रोत्साहन गर्न जरुरी भएको वताउनु भयो । नेपाल महिला संघ पर्वतका अध्यक्ष शुशिला शर्मा लगायतले चेतनामुलक मौलिक तिज गितको माध्यमवाट सन्देश दिनु भएको थियो ।
कार्यक्रममा राष्ट्रिय लोकगायक विमलराज क्षेत्री, युवराज भुषाल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा कार्की शर्मा, संस्थापक अध्यक्ष चित्रसागर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सन्तोष सुवेदी, लोक गायक वसन्त वाँस्तोला, सलिना गुरुङ्ग, टिका परियारले विभिन्न तिज विशेष गित गाएर मनोरन्जन दिनुको साथै हलभरका सहभागीलाई छमछम नचाउनु भएको थियो ।
नेपाल साँस्कृतिक महासंघ, नेपाल पर्वत शाखाका अध्यक्ष शिव पुरीको अध्यक्षता, सानु शर्मा, गौरी सापकोटा, नविना शर्मा, सिता सापकोटा र दुर्गा पौडेलको सामुहिक साँगितिक गितवाट स्वागत गरिएको कार्यक्रमको सञ्चालन महासंघका सदस्य मुना के.सी. लामिछानेले गर्नु भएको रेडियो समृद्ध सहकर्मी खिममायाँ पाईजा गिरीद्वारा प्रेषित समाचारमा जनाइएको छ ।