शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News १२ वर्षदेखि फरार स्याङ्जा अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ

१२ वर्षदेखि फरार स्याङ्जा अर्जुनचौपारीका अपहरण कसूरदार पोखराबाट पक्राउ

by sambridhaonline

भदौ ११,पोखरा- अदालतको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाउन स्याङ्जा प्रहरीले १२ वर्षदेखि फरार रहेका अपहरण कसूरदारलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष अपरेसन टोलीले स्याङ्जा अर्जुनचौपारी गाउँपालिका –५ बस्ने ३८ वर्षीय ठाकूर बिकलाई पक्राउ गरेको हो । उनलाई २०७० साल चैत १८ गते उच्च अदालत पोखराले अपहरण तथा शरीर बन्धक कसूरमा २ वर्ष ९ महिना ५ दिन कैद र २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

फैसाला भएपछि फरार बनेका बिकलाई प्रहरी टोलीले २०८२ साल भदौ १० गते कास्कीको पोखरा–छोरेपाटनबाट पक्राउ गरी भदौ ११ गते जिल्ला अदालत स्याङ्जामा पेश गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार अदालतले तोकेको कैद सजाय र जरिवाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline