शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन्, तीन ट्याक्टरसहित चालक पक्राउ

स्याङ्जामा अवैध नदीजन्य पदार्थ उत्खनन्, तीन ट्याक्टरसहित चालक पक्राउ

by sambridhaonline

भदौ १२,पोखरा – स्याङ्जाको आँधीखोलाको किनारमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले तीन ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गए राति विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय वालिङ र मातहतका टोलीले वालिङ नगरपालिका –१ ओडारेस्थित आँधीखोलाबाट दुईवटा ट्याक्टर र चालक तथा भीरकोट नगरपालिका –४ बगरस्थित आँधीखोलाबाट एक ट्याक्टरसहित चालक पक्राउ गरेको हो सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

यसक्रममा ग १ त ४९४१, ग १ त ४४८९ र ग १ त ४८६० नम्बरका जम्मा तीनवटा ट्याक्टर र तीन चालक नियन्त्रणमा परेका छन् । पक्राउ परेकामा बाँके र पाल्पाका स्थायी घर भई हाल स्याङ्जामा बसोबास गर्ने २४ वर्षीय सोभिराम थारु, ३२ वर्षीय बलबहादुर थारु र २९ वर्षीय दुर्गा बहादुर सिंजापती रहेको प्रहरीले जनाएको छ । तर सवारीधनी बारे प्रहरीले केही खुलाएको छैन ।

प्रहरीका अनुसार अनुगमनका क्रममा भीरकोट नगरपालिका –४ छाङ्छाङ्दी बगरमा ५६७.५ घनमिटर बालुवा, र भीरकोट नगरपालिका –४ तथा वालिङ नगरपालिका –११ मा १९७७.३५ घनमिटर बालुवा संकलन गरी राखिएको अवस्थामा फेला पारिएको हो ।

सो अनुगमनमा जिल्ला समन्वय समिति उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुख, भीरकोट नगरपालिकाका प्रमुख, पत्रकार तथा स्थानीयबासीको उपस्थितिमा संकलित सामग्री जफत गरिएको थियो ।

प्रहरीले पक्राउ परेका चालक, ट्याक्टर र जफत गरिएका नदीजन्य पदार्थसम्बन्धी थप अनुसन्धान र कानुनी प्रक्रिया सम्बन्धित पालिकामार्फत अघि बढाइएको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline