शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद

जुवा खेलेको भन्दै नुवाकोटको होटलबाट २२ जना पक्राउ, करिब ११ लाख बरामद

by sambridhaonline

भदौ १२,पोखरा – प्रहरीले नुवाकोटको होटलमा जुवा खेलेको भन्दै २२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६ जना महिलाहरु समेत छन् ।

जिल्ला प्रहरी कार्यालय, नुवाकोटका एसपी दुर्गाराज रेग्मीका अनुसार, शिवपुरी गाउँपालिका–६, गर्जुमा रहेको बार्दली इन होटलमा कौडा खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । डीएसपी विक्रम लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ बरामद समेत गरेको एसपी रेग्मीले जानकारी दिनुभयो ।

पक्राउ परेकाविरुद्ध अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline