आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News नेष्डो समृद्ध लघुवित्तका कर्मचारीहरुको लागि ३ दिने सिद्धमहायोग साधना पोखरामा शुरु

नेष्डो समृद्ध लघुवित्तका कर्मचारीहरुको लागि ३ दिने सिद्धमहायोग साधना पोखरामा शुरु

कर्मचारीमा आध्यात्मिक सोच तथा चारित्रिक सुधारको लागि साधना उपयोगी हुने संस्थापक अध्यक्ष प्रसाईको भनाई

by sambridhaonline

भदौ १५,पोखरा – नेपालको १७ जिल्लामा झण्डै ८० हजार विपन्न परिवारको चेतना, संगठन तथा आयआर्जनको माध्यमवाट जीविकोपार्जनमा सुधार ल्याउन समर्पित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापकीय कर्मचारीहरुको लागि ३ दिने सिद्धमहायोग ध्यान साधना शिविर शनिवारदेखि पोखराको हिमालयन शिद्धमहायोग ध्यान केन्द्र नदिपुर पोखरामा शुरु भएको छ ।
संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले महायोगी शिद्धवावालाई पुष्पार्अण गरी सम्मान गरी शुभारम्भमा भएको शिविरमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले दिप प्रज्वल गरी शुभारम्भ गर्नु भएको थियो ।

संस्थाका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत लगायत केन्द्रीय कार्यालयमा कार्यरत विभागीय प्रमुखहरु, ५६ वटा शाखाका शाखा प्रवन्धक एवम् संस्थासंग सम्वन्धित अन्य सामाजिक व्यक्तित्वहरु गरी कुल ७५ जनाको सहभागिता रहेको छ । साथै साधनमा गण्डकी प्रदेश मन्त्रालयका विभिन्न अधिकारी, पोखरा महानगरपालिकाका उच्च अधिकृत कर्मचारी तथा उद्योगी व्यवसायीको समेत सहभागिता रहेको छ ।

उक्त शिविर महायोगी शिद्धवावा आध्यात्मिक प्रतिष्ठान, चतराधाम सुनसरीको आयोजना तथा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल एवम् विश्व प्रसाई फाउण्डेशन नेपालले संयोजनमा सञ्चालन भएको हो ।
कार्यक्रममा महायोगी शिद्धवावाले योग, ध्यान र सत्संगको माध्यमवाट राष्ट्रभक्त नागरीक तयार गरी सनातन धर्मको रक्षा एवम् राष्ट्रिय समृद्धीमा योगदान पु¥याउन खोजेको वताउदै यसमा राज्यपक्षवाट अपेक्षित सहयोग नपाएको वताउनु भयो ।

कार्यक्रमको विच शिविरमा सम्मानित व्यक्तित्व नेपाल सरकारका पुर्व उपप्रधामन्त्री तथा नेपाली कांग्रेसका पुर्व उपसभापति गोपालमान श्रेष्ठले आध्यामिकता विना कोही व्यक्ति वा राष्ट्र समृद्ध वन्न नसक्ने भन्दै आँफू आध्यात्मिक अभियानमा लागी पर्ने वताउनु भयो । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले समाजका हरेक सदस्यमा नैतिकता र इमान्दिारीतामा ह्रास हुँदै आएको कारण देशमा शान्ति र समृद्धी आउन नसकेको भन्दै स्थानीय समुदायसम्म आध्यात्मिक ज्ञान, आचारण र संस्कार अभिवृद्धिका लागि आँफूहरु साधनामा सहभागी भएको वताउनु भयो । उहाँले यस साधान पश्चात संस्थाका पदाधिकारी तथा कर्मचारीहरुमा आचारणमा सुद्धीकरण, आध्यात्मिक ज्ञानको अभिवृद्धि संगै कार्य सम्पादनमा सुधार आउने विश्वास व्यक्त गर्नु भयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline