शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News अफगानिस्तानमा भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुग्यो

अफगानिस्तानमा भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या ६ सय पुग्यो

by sambridhaonline

भदौ १६ – अफगानिस्तानको जलालाबाद नजिकै गएराति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या छ सय पुगेको छ । भुकम्पमा कैयौं घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको सङ्ख्या उल्लेख भएको छैन ।

अमेरिकी भू-गर्भ सर्वेक्षण (यूसजीएस) का अनुसार भूकम्प जलालाबाद शहरबाट १७ माइल टाढा र झन्डै पाँच माइलको गहिराइमा गएको हो । भूकम्पपछि ५.२ म्याग्निच्युड सम्मका कम्तीमा पाँचवटा पराकम्पन पनि गएराति छन् ।

अफगान स्वास्थ्य मन्त्रालयका अनुसार प्रभावित क्षेत्र दुर्गम र हिमाली भू–भाग भएकाले वास्तविक क्षति र जनधनको नोक्सानीबारे पूर्ण विवरण आउन समय लाग्नेछ । उहाँले उद्धारका लागि ठूलो अभियान शुरु गरिएको र सयौं जनशक्ति परिचालन गरिएको जानकारी बताउनुभएको छ ।

अफगानिस्तान भौगोलिक रूपमा उच्च भूकम्पीय जोखिममा रहेको देश हो । तीन वर्ष अघि सन २०२२ मा ५.९ म्याग्निच्युडको भूकम्प पूर्वी अफगानिस्तानमा गएर एक हजार मानिसको ज्यान गएको थियो । त्यस्तै दुई वर्ष अघि सन् २०२३ मा पश्चिमी हेरात प्रान्तमा एक हप्तामै तीनवटा ६.३ म्याग्निच्युडका भूकम्प गएर झन्डै एक हजार पाँच सयको ज्यान गएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline