भदौ २१,पोखरा – गत असार २२ गते देखि पोखरा महानगरपालिका, वडा नं. ३ नदीपुरमा महायोगी सिद्धवावा आध्याम्मिक प्रतिष्ठानद्वारा चर्तुमास यज्ञ अनुष्ठानको साथमा हिमालय सिद्ध महायोग ध्यान साधना सञ्चालन हुँदै आएको छ । सोे साधना अन्र्तगत हरेक दिन विहान ६ वजे दखि ८ वजेसम्म सिद्धमहायोग ध्यान साधना, दिनभर नवग्रह शान्ति, नाडी जाँच, आर्युवेदिक उपचारको साथै नवग्रह शान्नि तथा रुद्रीपुजा एवम् हरेक दिनको अपरान्ह ४ वजे देखि ६ वजेसम्म सिद्धमहायोगी सद्गुरुदेव स्वयम् सत्संग हुँदै आएको छ । चर्तमास यज्ञ अनुष्ठान अन्र्तगत श्रोह्र श्राद्धमा पित्री यज्ञ, दशैंको अवसरमा नवदुर्गा यज्ञ र दिपावलीको अवसरमा श्रीलक्ष्मी यज्ञ अनुष्ठान गर्ने तयारी रहेको छ । यसरी एकै ठाँउमा तीनै वटा महत्वपुर्ण यज्ञहरु विरलै हुने गरेको आयोजकको भनाई रहेको छ ।
शुक्रवार महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखाद्वरा हिमालयन ध्यान साधना केन्द्र नदीपुरमा आयोजित सञ्चारकर्मी भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । कार्यक्रममा कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाईद्वारा प्रस्तुत विज्ञप्तीमा भौतिक विकाससंगै मानिसमा ह्रास हुँदै गई रहेको आध्यात्मिक चिन्तन, सनातन संस्कार र कर्मयोगी व्यवहारको कारण समाजमा दिगो शान्ति स्थापित हुन नसकेको भन्दै म को हुँ? र किन? भन्ने तत्ववोधको अभावमा चाहना र अपेक्षासंगै मानिसहरु भौतारिएको कारण मनमा शान्ति र तनमा सुख वोध हुन नसकेको वताइएको छ । यसै परिवेशमा समाजको हरेक सदस्यमा आफ्नो आत्मवोध गराउँदै आध्यात्मिक ज्ञानको माध्यमवाट सोच र आचरणमा शुद्धता, योगको माध्यमवाट शारिरिक तन्दुरुष्टि र संयोजित विकासको माध्यमवाट भौतिक आवश्यकताको परिपुर्तिको महान राष्ट्रिय अभियान लिएर अनन्तश्री विभूषित श्रीमज्जगद्गुरु रामानन्दाचार्य स्वामी श्रीरामकृष्णाचार्य महायोगी सिद्धबाबा सद्गुरुदेव विगत दुई दशक देखि नेपाल र नेपालीको विचमा रहनु भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिष्ठानद्वरा जारी विज्ञप्तीमा विश्वकै पवित्रभूमि, नेपालको पवित्र गण्डकी क्षेत्रमा अवस्थित यस पुण्यभूमि पोखरालाई धार्मिक पर्यटन केन्द्रको रुपमा विकास गरी मुक्तिनाथ देखि देवघाटसम्मका सवै पवित्र धार्मिक स्थलको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्दै यस क्षेत्रको साथै देशकै राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने सदगुरुदेवको साथमा हामी सवैको राष्ट्रप्रेमी संकल्प रहेको वताइएको छ ।
नेपालको पवित्र र सुन्दर दिव्य भूमि पोखरामा २०७२ सालमा विना अक्सिजन नौ÷नौ दिनसम्म वन्द वाकस भित्र संयौ वोरा माटोले पुरिएर समाधी ग्रहण गरी विज्ञानलाई चुनौती दिंदै आध्यात्मिक शक्तिलाई प्रमाणित गरिसक्नु भएका, महान सिद्ध पुरुषको पावन संकल्पमा हिमालयन सिद्धमहायोग ध्यान–साधना र शक्तिपात महादिक्षाको साथमा कुण्डलिनीशक्ति जागरण नै रोग–कष्ट निवारन, भगवानको परम मंगलमय नाम, अजपा, जप र अनहद नाद श्रवणद्वारा दिव्य भक्तिको प्रत्यक्ष अनुभव र ब्रह्मानन्दको रसास्वादन गराउने एउटै उपाय भएको वताइएको छ । जसको लागि
सोह्र श्राद्धको पुण्यमय अवसरमा यहि भाद्र २२ गते देखि असोज ५ गतेसम्म पितृ यज्ञ हुने र सो यज्ञमा बराहक्षेत्रका पुजारी श्री पण्डित योगेश भण्डारी ज्यूबाट गरुड पुराणको पाठ, बराह पुराण तथा भानुभक्त रामायणको प्रवचन हुने कार्यक्रम रहेको संयोजक प्रसाईले जानकारी गराउनु भएको छ ।
कार्यक्रम संयोजक प्रसाईका अनुसार हिन्दूहरूको महान चाड दशैं अर्थात नवरात्र महापर्वका अवसरमा असोज ६ गते देखि १५ गतेसम्म सहस्र चण्डी महायज्ञको आयोजना हुनेछ । जस अन्र्तगत नियमित साधनाको साथमा विहान ९ वजे देखि दिनको १२ सम्म सहस्रचण्डी महायज्ञ सञ्चालन हुनेछ । यस यज्ञवाट कर्ताहरुको साथै समग्र समाजमा जगत्जननी दुर्गा भवानीको असीम कृप्रा प्राप्त हुने आयोजकको भनाई छ ।
यसै गरी पितृयज्ञ र सहस्रचण्डी महायज्ञ सम्पन्न भएपछि अर्को महान पर्व दीपावली र लक्ष्मीपूजाको पावन अवसरमा धन, ऐश्वर्य र समृद्धि प्राप्तिका लागि आउदो असोज ३१ गते देखि कार्तिक ४ गतेसम्म श्रीविद्या एवम् श्रीमहालक्ष्मी महायज्ञ आयोजना गरिने प्रसाईले जानकारी गराउनु भएको छ । विहानको नियमित साधना पश्चात ९ः०० वजे देखि १२ः०० वजेसम्म यो अनुष्ठान सञ्चालन हुनेछ भने यज्ञसंगै अपरान्ह ४ः० वजे देखि ६ः० वजेसम्म सत्संग हुनेछं ।
कार्यक्रम संयोजक विश्व प्रकाश प्रसाई, सिद्धमहायोगी आध्यात्मिक प्रतिष्ठान पोखराका अध्यक्ष विष्णु प्रसाद शर्मा र नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेखित दिव्य अवसरमा कर्ताको रूपमा सहभागी भई सिद्धि प्राप्त गरी जीवन र जन्म दुवैलाई सार्थक बनाउन सबैलाई आह्वान गरिएको छ । गुरुकृपा, पितृकृपा, दुर्गाकृपा र महालक्ष्मीजीको दिव्य कृपाको संगम एकैसाथ प्राप्त गर्ने यस्तो अवसर जीवनमा बारम्बार नआउने भन्दै आफ्नो नाम कर्ताको रूपमा दर्ता गरी यस महायज्ञ–अनुष्ठानमा सहभागी भई पुण्यलाभ लिनु हुन सम्पूर्ण भक्तजनमा विज्ञप्ति मार्फत सादर अनुरोध गर्दछौं भनिएको छ ।
पत्रकार भेटघाट कार्यक्रम नारायणस्थान धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष महेश पराजुलीको अध्यक्षता, महायोगी सिद्धवावा आध्यात्मिक प्रतिष्ठान, पोखराका अध्यक्ष विष्णु प्रसाद शर्माको स्वागत एवम् त्रियज्ञ अनुष्ठान सञ्चारकर्मी परिचयात्मक कार्यक्रमको संयोजक विश्व प्रकाश प्रसाईको विषय प्रवेशमा सम्पन्न भएको समृद्ध सहकर्मी सन्तोष हमालवाट सम्पादित समाचारमा जनाइएको छ ।