सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News कास्कीमा शनिबार बिहान ५ बजेसम्म कर्फ्यु

कास्कीमा शनिबार बिहान ५ बजेसम्म कर्फ्यु

by sambridhaonline

भदौ २७,पोखरा – जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि पोखरा महानगरपालिकाभरी लागु हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कर्फ्यु आदेश जारी गर्दै शनिबार विहान ५ देखि १० बजेसम्म अत्यावस्यक कामका लागि आवतजावत गर्न सकिने जनाउनुभएको छ ।

कास्की जिल्लामा हाल देखिएको घटनाक्रमबाट हुनसक्ने बिरोध प्रदर्शन, तोडफोड, हुलदंगाका कारण शान्ति सुव्यवस्थालाई मध्यनजर गर्दै विहीबारको जिल्ला सुरक्षा समितिको निर्णयसमेतको आधारमा प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।कर्फ्युको समयमा आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न पाइने छैन । एम्बुलेन्स, शवबाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन भने संचालन हुनसक्ने आदेशमा छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline