सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, आजै शपथ लिने तयारी

सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति, आजै शपथ लिने तयारी

by sambridhaonline

भदौ २७,पोखरा – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा भएको जेन-जी समूहका प्रतिनिधि, राष्ट्रपति रामचन्द्र पौडेल र सुशीला कार्कीका साथै कानूनविद्हरू सहभागी छलफलमा सहमति जुटेको हो।

जेन- जीको माग अनुसार संसद् विघटन गरी कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति जुटेको हो ।

आजै राति ९ बजे पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरिम सरकारको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुहुने छ । शपथलगत्तै मन्त्रिपरिषद् गठन हुने भएको छ ।

जेन-जी आन्दोलन चर्केपछि गएको मङ्गलवार केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुभएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline