सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News पोखरामा आगजनीमा मृत्यु हुनेको संख्या तीन पुग्यो, जिप्रकामा जलेका तामाङको मृत्यु

पोखरामा आगजनीमा मृत्यु हुनेको संख्या तीन पुग्यो, जिप्रकामा जलेका तामाङको मृत्यु

by sambridhaonline

भदौ २९,पोखरा – जिल्ला प्रहरी कार्यालय कास्कीमा आगो लगाउँदा आफै जलेर घाइते भएका ४३ वर्षीय विजय तामाङको मृत्यु भएको छ। यससँगै पोखरामा प्रदर्शनका क्रममा भएको आगजनीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

प्रदर्शनकारीले जिल्लाका सरकारी कार्यालयहरू तोडफोड र आगजनी गर्ने क्रममा तामाङको समूह जिल्ला प्रहरी कार्यालयमा आगजनी गर्न गएका थिए।

उनको समूहले प्रहरीमा डोजर आक्रमण गरी प्रहरीलाई लखेटेर आगजनी गरेका थिए। आगजनीमा आफै जलेपछि तामाङलाई उनका साथी दलबहादुर गुरूङले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगेका थिए।

शरीरका अधिकांश भाग जलेको अवस्थामा तामाङको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

चितवनको भरतपुर महानगरपालिका– १० स्थायी घर भएका तामाङ पोखरा– १६ मा बस्दै आएको खुलेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिनुभय।

यसअघि २४ भदौमा पोखरा नयाँबजारमा रहेको हिमालय अर्गनाइजेसनको अटो सोरूम र लेकसाइडमा रहेको अंशुभरा स्क्वायरमा एक-एक महिला जलेर निधन भएको अवस्थामा फेला परेका थिए । उनीहरू कामदार थिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline