सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News आज देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना

आज देशका धेरै ठाउँमा झरी, केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना

by sambridhaonline

असोज २,पोखरा – आज पनि देशका धेरै ठाउँमा दिनभरजसो झरी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जनाएको छ ।

गएराति कोशी र मधेश प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । सर्लाही, सप्तरी, रौतहट, उदयपुरलगायतका ठाउँमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । ठूलो पानी परेका ठाउँमा बाढीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

पूर्वी पहाडी तथा तराईका जिल्लामा भएको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५२ वटा मूल र चार वटा नहरको गरेर ५६ वटा ढोकामध्ये ३५ वटा ढोका खुल्ला गरिएको र खतरास्वरुप रातो बत्ती बालिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline