बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मानवीय सेवामुलक संस्था रोटरी क्लव अफ पर्वतको १६औं पदस्थापना पर्वत कुश्मामा सम्पन्न वर्ष २०२५ र २६ को नेतृत्वमा सामाजिक अभियन्ता लक्ष्मी कुमारी मेधासीद्धारा पदभार ग्रहण

मानवीय सेवामुलक संस्था रोटरी क्लव अफ पर्वतको १६औं पदस्थापना पर्वत कुश्मामा सम्पन्न वर्ष २०२५ र २६ को नेतृत्वमा सामाजिक अभियन्ता लक्ष्मी कुमारी मेधासीद्धारा पदभार ग्रहण

by sambridhaonline

असोज ११,पोखरा – अन्र्तराष्ट्रिय सेवामुलक संस्था रोटरी इन्टरनेशनल, डिष्ट्रिक ३२९२ नेपाल भुटान अन्र्तगत स्थापित रोटरी क्लव अफ पर्वतको १६औं पदस्थापना समारोह पर्वतको कुश्मावजारमा सम्पन्न भएको छ । आज भन्दा १ सय १८ वर्ष पहिले अमेरिकी वकिल पाउल ह्यारिसले रोटरीको स्थापना गर्नु भएको थियो भने आज भन्दा १६ वर्ष पहिले अधिवक्ता एवम् सामाजिक अभियन्ता विश्व प्रकाश प्रसाईले पर्वत जिल्लामा रोटरी क्लव अफ पर्वत स्थापना गर्नु भएको हो । क्लवले पर्वत जिल्लामा शिक्षा, स्वास्थ्य लगायत मानवीय सोवमा क्रियाशिल रँहदै आएको छ ।

क्लवको पदस्थापना समारोहमा क्लवका संस्थापक अध्यक्ष रोटरीयन विश्व प्रकाश प्रसाईले विश्वभरवाट पोलियो उन्मुलन गरेको रोटरीले गरिवी, खानेपानी तथा सरसफाईको क्षेत्रमा काम गर्दै आएकोमा अहिले विश्ववाट निरक्षरता उन्मुलनमा केन्द्रित रहेको वताउनु भयो । प्रसाईले रोटरी क्लव अफ पर्वतले वितेको ढेड दशकदेखि मानवीय सेवामा समर्पित रहेको भन्दै लक्ष्मी मेधासी प्रसाईको नेतृत्वमा क्लवले थप प्रभावकारी सेवा प्रवाह गर्ने वताउनु भयो । आफ्नो कमाईको केही अंश संकलन गरेर समाजको लागि समर्पित गर्ने भएकाले रोटरीका कार्यक्रम ससाना भएता पनि स्थानीय तहमा सन्देशमुलक र उत्प्रेरक हुने उहाँको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै असिस्टेन्ट गर्भनर भवनराज वरालले रोटरी क्लव अफ पर्वतको रोटरी डिष्ट्रिकमा फरक पहिचान र प्रतिष्ठा रहेको वताउनु हुँदै यो उपलव्धी क्लवका संस्थापक अध्यक्ष प्रसाईको निरन्तर साथ सहयोग र सदस्यहरुको क्रियाशिलतामा निर्भर रहेको वताउनु भयो ।

कार्यक्रममा अध्यक्ष क्लवका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेले वर्ष २०२५÷२६ का अध्यक्ष मेधासी प्रसाईको परिचय राख्नु हुँदै सामाजिक क्षेत्रमा ३ दशक लामो अनुभव र दक्षता प्राप्त नेतृत्व क्लवले पाएको भन्दै विगत भन्दा यस वर्ष मानवीय सेवामा उत्कृष्ठ कार्य हुने वताउनु भयो ।

कार्यक्रममा रोटरी वर्ष २०२५÷२६ का अध्यक्ष लक्ष्मी कुमारी मेधासी प्रसाईलाई जोन २१ का असिस्टेन्ट गर्भर भवनराज वरालले सपथग्रहण गराउनु थियो भने आफ्नो वोर्डका पदाधिकारीलाई अध्यक्ष मेधासीले सपथ ग्रहणको साथ पदस्थापना गराउनु भएको थियो । नयाँ पदस्थापित वोडको आगामी अध्यक्षमा डाँसीराम अधिकारी, अध्यक्ष नोमिनीमा नेत्र पौडेल, उपाध्यक्षमा प्रेम प्रसाद रेग्मी, सचिवमा नारायण प्रसाई, कोषाध्यक्षमा नवराज शर्मा र सहसचिवमा राम प्रसाद पौडेल आरसी हुनुहुन्छ । यसै गरी क्लव एडमिन चियरमा धनराज वि।पौडेल, सर्भिस प्राजेक्ट चियरमा हिम वहादुर पौडेल, मेम्वरसीप चियरमा सुरेश ढकाल, पव्लिक इमेज चियरमा शिव प्रसाद रेग्मी रहनु भएको छ भने इटिटरमा युधिष्ठिर भुषाल र क्लव सचेतकमा विनोद सुवेदी रहनु भएको छ ।

पदस्थापना समारोहमा अमरटिका प्रतिष्ठान नेपालको सौजन्यतामा म्याग्दी जिल्ला, अन्नपुर्ण गाँउपालिका, वडा नं। १ स्थायी ठेगाना भई हाल कुश्मावजारमा तरकारी तथा फलफुल व्यवसायी गर्दै आउनु भएका धन वहादुर वि।क।लाई रोटरी व्यवसायीक सम्पन्न प्रदान गरिएको छ भने प्रज्ञा पाण्डेलाई उत्कृष्ठ अर्धाङ्गिनी तथा शैक्षिक व्यक्तित्व वसन्त वहादुर सि।के। र लाल कुमारी सि।के। लाई संयुक्त रुपमा असल अभिभावक सम्मान प्रदान गरिएको छ । यस वर्ष देखि क्लवले विश्व प्रसाई फाउण्डेशन नेपालको आर्थिक सहयोगमा एसईई भन्दा माथिल्लो तह उत्तिण गरेका रोटरीका सन्तती, रोट्याक्ट तथा इनरह्वील सदस्यलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गर्न शुरुवात गरेको छ । यसरी पुरुस्कृत हुने सन्ततीहरुमा पुर्व अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको सुपुत्रीद्वय प्रियङ्का लामिछाने र सलिना लामिछाने, पुर्व अध्यक्ष योगराज गिरीका सुपुत्र विदुर गिरी, कृष्ण शर्माकी सुपुत्री सृष्टि शर्मा, सचिव नारायण प्रसाईको सुपुत्र सविन प्रसाई, सदस्य खिममायाँ पाईजा गिरीको सुपुत्रद्वय हेनरी गिरी, ह्यारी गिरी र रोट्याक्टर किस्मत वाग्ले हुनुहुन्छ । पुरस्कृत हुनेहरु तथा अभिभावकलाई संस्थापक अध्यक्ष प्रसाई, असिस्टेन्ट गर्भनर वराल, अध्यक्ष लक्ष्मी मेधासी र निवर्तमान अध्यक्ष विजय चापागाईले नगद, खादा टिका र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

यसै गरी क्लवमा नयाँ आउनु भएका ८ जना सदस्यलाई स्वागत एवम् पिन प्रदान गरिएको छ । रोटरी अभियानमा नयाँ प्रवेश गर्नु भएका सदस्यहरुमा अशोक कुमार आचार्य, शान्ति कुमारी शर्मा, इश्वरी प्रसाद शर्मा, खिममायाँ पाईजा गिरी, जमुना कुमारी अधिकारी, चन्द्र प्रकाश पौडेल र लक्ष्मी कुमारी पौडेल हुनुहुन्छ ।

रोटरी क्लव अफ पर्वतको १६औं पदस्थापनाको अवसरमा विजया दशमी, शुभ दिपावलीको संस्थागत शुभकामना आदान प्रदान समेत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मी कुमारी मेधासीको अध्यक्षता, पदस्थापना समारोह व्यवस्थापन समितिका संयोजक, क्लवका पुर्व अध्यक्ष उत्तम प्रसाद अधिकारीको स्वागत एवम् सचिव नारायण प्रसाईको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो सत्रको अध्यक्षता निवर्तमान अध्यक्ष चापागाईले गर्नु भएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline