असोज २१,पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्रीको निवासमा आगजनी गरेका अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ घर भई हाल कास्कीको पोखरा महानगरपालिका–७ राष्ट्रबैंकचोकमा बस्दै आएका २२ बर्षिय संजोक थापालाई पक्राउ गरिएको हो ।
गत भदौ २३ र २४ गतेको आन्दोलन तथा तोडफोड आगजनी पछि पुनः असोज १२ गते रातिको समयमा पोखरा महानगरपालिका–६ सहिद चोकमा रहेको मुख्यमन्त्रीको निवासमा आगजनी गरी फरार भएका थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहत वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले नेपाल राष्ट्र बैङ्कको कम्पाउन्ड सडक छेउमा बाहिरपट्टि रहेको एनआएमबी बैङ्कको एटीएम मेसिनको स्क्रिनमा ढुङ्गाले प्रहार गरी तोडफोडमा समेत क्षति पु¥याएको खुल्न आएको प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो ।
95
previous post