मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत,अब सुपर–६ मा आज कतारसँग खेल्ने

यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जीत,अब सुपर–६ मा आज कतारसँग खेल्ने

by sambridhaonline

असोज २७,पोखरा – आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ मा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) माथि १ रनको रोमाञ्चक जीत निकालेको छ ।

नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

यूएईलाई अन्तिम ३ बलमा ३ रन चाहिएको अवस्थामा ३ विकेट गुमाएर १ रन मात्र जोड्न सक्यो । अन्तिम ओभरमा बलिङ गर्न आएका दीपेन्द्रले पहिलो ३ बलमा ७ रन दिए चौथो बलमा ध्रुव पराशरलाई क्याच आउट गराए भने पाँचौँ बलमा हेदर अली र अन्तिम बलमा जाहिद अली रन आउट भए ।

यूएईका आलिशान शरफुले ५८, ध्रुव पराशरले ३२ रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले ३ तथा सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

यसअघि ओमान क्रिकेट एकेडेमीको मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनायो ।

नेपालका आसिफ शेखले सबैभन्दा धेरै ४७ बलमा ५१ रन बनाए । यूएईका जुनैद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, हेदर अली, हर्षित कौशिक र ध्रुव पराशरले १/१ विकेट लिए ।

यो जीतसँगै नेपालले सुपर-६ मा २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । २ खेलमा ४ अङ्क नै भएको ओमान नेट रन रेटका आधारमा शीर्ष स्थानमा छ । यूएई २ खेलमा २ अङ्कसहित तेस्रो स्थानमा छ ।

सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

नेपालले अब सुपर–६ मा आज कतारसँग खेल्नेछ । यस्तै नेपालले बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ ।

सुपर–६ मा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline