कार्तिक २३,पोखरा – देशभरका कलाकारहरुको छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल, जिल्ला शाखा पर्वतको २१ओै वार्षिक साधारण सभा तथा सातौ जिल्ला अधिवेशन शनिवार कुश्मा वजारमा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको वार्षिक प्रतिवेदनका साथै आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । अधिवेशनले आगामी तिन वर्षका लागि सन्तोष सुवेदीको नेतृत्वमा २३ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।
समितिको प्रथम उपाध्यक्षमा सुदिप क्षेत्री, दृतिय उपाध्यक्षमा मन्जु वि.क., महिला उपाध्यक्षमा सावित्री शर्मा सानु चयन हुनु भएको छ । यसै गरी जिल्ला सचिवमा वसनणत वास्तोला, कोषाध्यक्षमा देवि परियार र सअसचिवमा सन्दिप परियार चयन हुनु भएको छ । साधारण सभाको दिप प्रज्वलन गरी प्रतिष्ठानका पुर्व अध्यक्ष एवम् कलाकार कल्याणकारी कोषका अध्यक्ष पुरुषोत्तम न्यौपानेले गर्नु भएको थियो । साधारणसभामा वोल्दै न्यापानेले देशभर एकै मितिमा अधविशेन सम्पन्न गर्ने संस्था प्रतिष्ठान रहेको वताउदै यसलाई अनुशरण गर्नु्पर्ने वताउनुभयो । सवै क्षेत्रलाई कलाकारको जरुरी पर्ने तर सामान्य सम्मान दिन जो पनि हिचकाउने भन्दै सम्मान नहुने ठाँउमा कलाकारहरु जान नहुने वताउनु भयो ।
शाखाका अध्यक्ष पुजा शर्माको नेतृत्व अनुकरणीय रहेको वताउदै अवको नेतृृत्वले पनि प्रभावकारी कार्य गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै नेष्डो नेपालका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले कलाकार राष्ट्र र समाजका हरेक क्षेत्रको प्रमुख अँगको रुपमा रहेको भन्दै कलाकारहरुले मनोरन्जनकाे साथ साथै भगवानको नाम संकृतन गर्न अनुरोध गर्नु भयो । नैतिकता, आध्यात्मिकता र धर्मज्ञानको अभावमा देश वर्तमान दुरगतिमा गएको भन्दै राजनीतिलाई निष्ठा केन्द्रित वनाउनुपर्नेमा जोड दिनु भयो । प्रसाईले सफलतापुर्वक कार्यकाल पुरा गर्नु भएकोमा निवर्तमान अध्यक्ष पशुपति कार्की र उहाँको टिमलाई वधाई तथा नवनिर्वाचित नेतृत्वलाई सफल कार्कालको शुभकामना व्यक्त गर्नु भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रिका स्वकीय सचिव राजेन्द्र वहादुर क्षेत्री, भुगर्वविद शिव सुवेदी, पर्वत उद्याोग वाणिज्य संघका अध्यक्ष ठाकुर वि. पौडेल, गण्डकी प्रदेशका कोषाध्यक्ष कृष्ण सुवेदी, पुर्व अध्यक्षहरु कृष्ण अँखेली, दिपक गोदाल, आजीवन सदस्य शिव शर्मा पौडेल, पर्वत जेसिजका अध्यक्ष अज्युत पौडेल लगायतले शुभकामना मन्त्तव्य राख्नु भएको थियो । कार्यक्रममा राष्ट्रसेवक कर्मचारी एवम् सामाजिक व्यक्तित्व राजेन्द्र वहादुर क्षेत्री, सर्जक डाक्टर शिव सुवेदी, पर्वतमा जन्मेर राष्ट्रिय तहमा कलाकारिता गर्दै आउनु भएका सरस्वति लामिछाने, कृष्ण सुवेदी, सुस्मा लोहनी, प्रतिभा चापागाई, सलिना गुरुङ लगायतलाई सा्मान गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष शर्माले आफ्नो कार्यकाल सफल वनाउन सहयोग गर्ने शाखाका पदाधिकारी तथा विभिन्न संघसंस्थालाई सम्मान गर्नु भएको छ । कार्यक्रम प्रतिष्ठान पर्वतका अध्यक्ष पशुपति कार्की शर्मा पुजाको अध्यक्षता, दृतिय उपाध्यक्ष सुदिप क्षेत्रीको स्वागत एवम् प्रथम उपाध्यक्ष सन्तोष पौडेलको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीले सम्पादन गर्नु भएको समाचारमा जनाईएको छ ।