बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News नेप्से सामान्य बढेकाे दिन ६ वटा कम्पनीकाे शेयर १० प्रतिशतले उकालाे लाग्याे

नेप्से सामान्य बढेकाे दिन ६ वटा कम्पनीकाे शेयर १० प्रतिशतले उकालाे लाग्याे

by sambridhaonline

कार्तिक २७,पोखरा – हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १ दशमलव १३ अङ्कले बढेर २ हजार ५ सय ४५ दशमलव ७३ विन्दुमा पुगेको छ ।

आज विकास बैंक, लगानी, बीमा, उत्पादन र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । आज १ सय २३ वटा कम्पनीको शेयर बढेकोमा १ सय २४ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।

आज माबिलुङ इनर्जी, श्वेत–गङ्गा हाइड्रोपावर, सागर डिस्टिलरी, बुङ्गल हाइड्रो, बन्दीपुर केबलकार, रुरु जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेकाे छ । बजार सामान्य बढेको दिन नेपाल माइक्रो इन्सुरेन्स कम्पनीको शेयर मूल्य भने सबैभन्दा धेरै ४ दशमलव ८२ प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ८४ करोडको कारोबार भएकोमा आज ३ सय २९ वटा कम्पनीका ७६ लाख ५ हजार कित्ता शेयर ३ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline