शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News बाढी र पहिरोपछि श्रीलङ्कामा आपतकाल घोषणा, ज्यान गुमाउनेको संख्या ३ सय नाघ्यो

बाढी र पहिरोपछि श्रीलङ्कामा आपतकाल घोषणा, ज्यान गुमाउनेको संख्या ३ सय नाघ्यो

by sambridhaonline

मंसिर १५ – श्रीलङ्कामा आएको विनाशकारी बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३ सय ३० भन्दा धेरै पुगेको छ । श्रीलङ्का अहिले दशकौँपछि आएको सबैभन्दा गम्भीर प्राकृतिक प्रकोपसँग जुधिरहेको छ ।

श्रीलङ्काको डिजास्टर म्यानेजमेन्ट सेन्टरका (विपद् व्यवस्थापन केन्द्र) का अनुसार २ सय भन्दा धेरै मानिसहरु बेपत्ता छन् भने झन्डै २० हजार घर पूर्ण रूपमा क्षति भएका छन् । १ लाख ८ हजारभन्दा धेरै नागरिक अस्थायी शिविरहरूमा बस्न बाध्य भएका छन् । देशको झन्डै एक तिहाइ भूभागमा विद्युत् तथा खानेपानी आपूर्ति अवरुद्ध भएपछि सरकारले आपतकाल घोषणा गरेको बीबीसीले जनाएको छ ।

राष्ट्रपति अनुरा कुमारा डिसानायकेले यो प्रकोपलाई ‘देशको इतिहासकै सबैभन्दा चुनौतीपूर्ण प्राकृतिक विपत्ति’ भन्दै क्षतिको स्तर गणना गर्न नै कठिन भएको बताउनुभएको खबरमा उल्लेख छ । केलानी नदीको पानी सतह तीव्र रूपमा बढिरहेका कारण केही क्षेत्रमा उद्धार तथा सुरक्षित ठाउँमा सार्न भनिएको छ । कान्डी र बडुल्ला जिल्ला सबैभन्दा धेरै प्रभावित छन् ।

सरकारले अन्तर्राष्ट्रिय सहयोगको अपील गरेको छ र विदेशमा रहेका आफ्ना नागरिकलाई पनि सहयोग रकम पठाउन आग्रह गरेको छ । दक्षिणपूर्व एशियाका अरु देशहरु इन्डोनेसिया, मलेसिया र थाइल्यान्डमा पनि वर्षौँपछि देखिएका ठूला बाढीका कारण लाखौँ मानिसहरु प्रभावित भएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline