मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News लगातार ५ खेल जित्दै सुदूरपश्चिम प्ले अफमा, जनकपुरको लगातार चौथो हार

लगातार ५ खेल जित्दै सुदूरपश्चिम प्ले अफमा, जनकपुरको लगातार चौथो हार

by sambridhaonline

मंसिर १४,पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार पाँच खेल जित्दै प्ले अफमा पुगेको छ । हिजो भएको खेलमा सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गरेको हो ।

जनकपुरले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । सुदूरपश्चिका इसान पाण्डेले ५६ र बिनोद भण्डारीले ४२ रन बनाए । जनकपुरका माज सदक्वट २, सञ्जय कृष्णमूर्ति र आदित्य महताले समान १ विकेट लिए ।

त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको जनकपुरले ८ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

जनकपुरका सञ्जय कृष्णमूर्तिले ५० र जेन निकोल लफ्टि इटनले ३९ रन बनाए । सुदूरपश्चिमका अविनाश बोहराले ४, स्कट कुग्गेलिजनले ३ र दीपेन्दसिंह ऐरीले १ विकेट लिए ।

यो जीतसँगै सुदूरपश्चिम ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा छ । लगातार चौथो खेलमा पराजित जनकपुर तालिकाको पुछारमा छ ।

एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । गएको मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यहि २७ गतेसम्म चल्नेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline