बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै

by sambridhaonline

मंसिर १९,पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दैछन् ।

दुई टोलीबीचको खेल कीर्तिपुरको त्रिवि क्रिकेट रंगशालामा दिउँसो ४ बजे शुरू हुनेछ । रोहित पौडेलको कप्तानीमा रहको लुम्बिनी आज लिग चरणको अन्तिम खेल खेल्दैछ । लुम्बिनी अघिल्लो ६ खेलमध्ये ३ खेलमा जितेर प्लेअफ नजिक पुगेको छ । अंक तालिकामा ६ अंक जोडेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

आजको खेल जितेको खण्डमा लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गर्नेछ । अघिल्लो संस्करणको विजेता जनकपुरको भने यसपटकको प्रदर्शन खराब छ । २ अंक सहित तालिकाको पुछारमा रहेको जनकपुरले अघिल्लो ५ मध्ये एउटा मात्रै खेल जितेको छ ।

अनिल साहको कप्तानी रहेको जनकपुरले आज आफ्नो छैटौं खेल खेल्दैछ । जनकपुरले आजको खेल जितेको खण्डमा प्लेअफ समीकरणमा अन्य खेलहरूमा निर्भर रहनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline