बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

एनपीएलको पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर खेल्दै

by sambridhaonline

मंसिर २३,पाेखरा – नेपाल प्रिमियर लिग, एनपीएल क्रिकेटको प्लेअफ आजदेखि शुरू हुँदैछ । पहिलो क्वालिफायरमा आज अंकतालिकाको शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स खेल्दैछन् ।

खेल दिउँसो ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । अघिल्लो संस्करणको उपविजेता सुदूरपश्चिम लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको हो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो ।

आजको खेल जित्ने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको खेल भोलि दिउँसो ४ बजे हुनेछ ।

आज पराजित हुने टोलीले भोलिको इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायरमा खेल्नेछ । भोलि इलिमिनेटरमा जित्ने टोलीले फाइनल पुग्न दोस्रो क्वालिफायर खेल्न पाउनेछ भने पराजित हुने टोली बाहिरिनेछ ।

दोस्रो क्वालिफायर आउँदो बिहीवार हुनेछ । दोस्रो संस्करणको एनपीएलको फाइनल खेल आउँदो शनिवार हुनेछ । । एनपीएलका कुल ३२ मध्ये लिग चरणका १९ वटा खेल फ्लडलाइटमा भए । अबका ४ वटै खेल पनि फ्लडलाइटमा नै हुनेछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline