बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News २१ औं लेखनाथ महोत्सव आजदेखि सुरु

२१ औं लेखनाथ महोत्सव आजदेखि सुरु

by sambridhaonline

पौष ३, पोखरा – ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ आजबाट २१ औं संस्करणको लेखना थमहोत्सव शुरु हुँदै छ ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन हुने महोत्सवको शतप्रतिशत तयारी पुरा भएको र बिहिबार एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घघाटन गर्ने कार्यक्रम रहेको महोत्सवका मुल संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले जानकारी दिईन ।

पराजुलीले लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि वार्षिक रुपमा लेखनाथ महोत्सव गर्दै आएको र विभिन्न जात÷जातिभाषा÷भाषीलाई एकै थलोमा उपस्थीत गराएर लेखनाथ क्षेत्रको पहिचान गराउने उद्धेश्यले महोत्सवको आयोजना गरिएको बताइन् । उनले महोत्सवको माध्यबाट यस क्षेत्रमा उत्पादित वस्तुहरुको बजारीकरण गर्ने, कृषि सामग्रीएवं महिला उद्यमीहरुको उत्पादनहरुको प्रर्दशनी एवं बिक्रीवितरण गरिने बताइन् ।

पुष ३ गतेदेखि १४ गतेसम्म चल्ने महोत्सवको विशेष आकर्षणका रूपमा जलपरी प्रदर्शन, कृषि, पर्यटन र उद्योग विषयक टक शो, टिकटक प्रतियोगिता, आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत कार्यक्रम, विद्यालयस्तरीय नृत्य, शैक्षिक प्रदर्शनी, साहित्यिक कार्यक्रम, विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने झाँकी र्याली एवं साँस्कृतिक प्रस्तुति, ख्यातीप्राप्त हाँस्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम सङ्गीत कन्सर्ट समावेश गरिएको महोत्सवका प्रचार प्रसार संयोजक एवं लेखनाथ उद्योग वाणिज्य संघका महासचिव ध्रुबवावु भट्टराईले बताए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline