सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News डेढ वर्षअघि त्रिशूलीमा हराएका दुई वटा बसमध्ये एउटा भेटियाे

डेढ वर्षअघि त्रिशूलीमा हराएका दुई वटा बसमध्ये एउटा भेटियाे

by sambridhaonline

पौष २९, पोखरा – डेढ वर्षअघि चितवनको सिमलतालबाट त्रिशूली नदीमा हराएका दुई वटा बसमध्ये एउटा भेटिएको छ ।

२०८१ असार २८ गते काठमाण्डाैबाट गौरतर्फ गुडिरहेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगञ्जबाट काठमाण्डाैतर्फ गुडिरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स बस सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका थिए । ती दुईमध्ये गणपति डिलक्स फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

अस्ति आइतवार बिहान बसको केही भाग देखिएपछि उत्खनन शुरू गरेकोमा आज सशस्त्र प्रहरी बलको टोलीले गणपति डिलक्स रहेको पुष्टि गरेको हो ।

दुवै बसका ६५ यात्रुसहित बस नदीमा पुगेकामा गणपति यातायातको बसमा रहेका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए । त्यस बेला बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिनुका साथै भारतबाट उच्च प्रविधिसहितको गोताखोर टोली ल्याए पनि बस फेला पर्न सकेको थिएन । एउटा बस भने अझै हराइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline