सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एकजना पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एकजना पक्राउ

by sambridhaonline

पौष ३०,पोखरा – तनहुँमा विभत्स तरिकाले ३ जनाको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । लगातार विभिन्न व्यक्तिमाथि भइरहेको अनुसन्धान पछि प्रहरीले एक जनालाई पक्राउ गरेको हो । प्रहरीले तीन जना हत्याको आरोपमा सोही ठाउँका कुमार नेपाली (सार्की) लाई पक्राउ गरेको हो । कुमार मृतककै साथि रहेको प्रहरी स्रोतको दाबी छ ।

उक्त दिन मादक पदार्थ सेवन गरेर सबै बसेका थिए । उनीहरु बिच समान्य भनाभन भएको थियो । सोही भनाभन भएपछि कुमारले मृतक नारायण विकलाई मुख छाडेका थिए । त्यसको रिसमा आफुले साथीको हत्या गरेको कुमारले प्रहरी सामु प्रारम्भिक बयान दिएका छन् । नारायणको हत्या पछि अन्य साथीहरूको हत्या गरेको कुमारको बयान छ ।

कुमारले हत्या गर्न प्रयोग गरेको चक्कु पनि अनुसंधानमा खटिएका प्रहरीलाई देखाएका छन् । उनी बिरुद्ध भोली बुधबार प्रहरीले म्याद थप गरेर अनुसंधान अघि बढाउने स्रोतको दाबी छ । गत शनिबार शुक्लागण्डकी नगरपालिका–५ कसेरीस्थित फोहरमैला प्रशोधन केन्द्र नजिक दुई र सोही वडाको जनकल्याण मावि मुनी नदी छेउमा एक शव फेला परेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline