बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News काठमाण्डौको नागार्जुनबाट ६५ तोला सुनसहित १ जना पक्राउ

काठमाण्डौको नागार्जुनबाट ६५ तोला सुनसहित १ जना पक्राउ

by sambridhaonline

माघ २२ , पोखरा – प्रहरीले ६५ तोला सुनसहित एक जनालाई पक्राउ गरेको छ । गएराति नागार्जुन नगरपालिका–६ महांकालबाट बाँके घर भएका प्रेम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनले गएको मंगलवार बौद्धका रिन्जी लामाको घरबाट एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरेर फरार भएका प्रहरीको भनाइ छ । काठमाण्डौका विभिन्न ठाउँमा भएका श्रृंखलाबद्ध चोरीका घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी चौधरीलाई पछ्याउँदै गएराति नागार्जुन क्षेत्रमा पुगेको थियो ।

पक्राउ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भएपछि गोली चलाएर पक्राउ गरिएको प्रहरी जनाएको छ । घटनामा एक जना प्रहरी हवल्दार पनि सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार चौधरीको साथबाट ६५ तोला सुन, केही चाँदी, नगद र घरेलु हतियार समेत बरामद भएको छ । पछिल्लो समय काठमाण्डौमा शृङ्खलाबद्ध चोरीका घटना बढेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline