बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पर्वत जिल्लामा राजनीतिक दलको प्रचार प्रसार अभियानमा देखियो फरक शैली, टोलटोलमा पुग्दै उम्मेदवार,नेपाली कांग्रेस पर्वतले वनायो निर्वाचन अनुगमन समिति

पर्वत जिल्लामा राजनीतिक दलको प्रचार प्रसार अभियानमा देखियो फरक शैली, टोलटोलमा पुग्दै उम्मेदवार,नेपाली कांग्रेस पर्वतले वनायो निर्वाचन अनुगमन समिति

by sambridhaonline


फागुन १ , पोखरा
– आँउदो फाल्गुण २१ गते सम्पन्न हुन गई रहेको प्रतिनिधी सभा सदस्य निर्वाचनको प्रचार प्रसार शैली विगतका चुनावहरु भन्दा फरक देखिएको छ । निर्वाचनको मिति नजिकिदै जाँदा दलका उम्मेदवारहरु जिल्लाका वडा वडामा पुग्ने क्रम वढदो छ । विगतमा जस्तो नारा जुलुसको साथ आमसभा आयोजना गरी दर्जनौ वक्ताहरुले दिनभर मन्तव्य दिने पुरानो शैलीलाई सवै राजनीतिक दलहरुले परिवर्तन गरेका छन् । जिल्लाका उम्मेदवारहरुको पक्षमा माहोल वनाउन केन्द्रिय नेताहरुको आगमनको शुरुवात भर्खर मात्र भएको छ । वुधवार मात्र नेकपाका संयोजक पुष्मकमल दाहाल कुश्मा आउनु भइ आफ्नो पाटीलाई मत मागेको खवर छ ।

नेपाली कांग्रेसका प्रत्यक्ष तर्फका उम्मेदवार अर्जुन प्रसाद जोशी र समानुपातिक तर्फका उम्मेदवार जीत वहादुर नेपाली लगायत विभिन्न दलका उम्मेदवारहरु टोल टोलमा पुगेर ससाना कोण सभाहरुमा भेटघाट गर्नु भएको खवर छ । कांग्रेस पर्वतको निर्धारीत कार्यक्रम वमोजिम विहिवार प्रत्यक्ष उम्मेदवार अर्जुन प्रसाद जोशीले जलजला गाँउपालिका, वडा नं. ७ धाईरिङ्ग, वडा नं. ६ शालिजा र वडा नं. ५ लेखफाँटका विभिन्न आठ स्थानमा कार्यकर्ता एवम् मतदाता भेटघाट गर्नु भएको छ । भेटघाटको क्रममा जोशीले पर्वत जिल्लाको विकासको लागि जनताको अपेक्षा वमोजिम विगतमा काम गरेको तर वितेको एक दशक आँफू जनप्रतिनिधीको रुपमा नरहेको कारण पुर्णता दिन वाँकी रहेको भन्दै अपुरा आफ्ना कार्यहरु र जनताको अपेक्षालाई पुरा गर्न अन्तिम पटक मतदाता सामु मत माग्न आएको वताउँदै आउनु भएको छ । विगतमा उम्मेदवारको भाषणमा केन्द्रित हुँदै आएको कांग्रेस, यस पटक जनताको गुनासो र पिडा सुन्नमा समय खर्चिएको छ । पर्वत जिल्लाका ६१ वडा मध्ये ३१ वडामा भेटघाट सम्पन्न गरेको कांग्रेस पर्वतले शुक्रवार कुश्मा नगरपालिका, वडा नं. ३ दुर्लुङ्ग तथा मोदी गाँउपालिका, वडा नं. ५ वाजुङ्ग र वडा नं. ४ क्याङ्गमा मतदाता भेटघाट, गुनासो सुनुवाई तथा प्रतिवद्धता कार्यक्रम राखेको छ ।

यि कार्यक्रमहरुमा प्रत्यक्ष उम्मेदवार अर्जुन प्रसाद जोशी, समानुपातिक उम्मेदवार जीत वहादुर नेपाली, कांग्रेस पर्वतका पुर्व सभापति, नेता नवराज गुरुङ्ग, पाटी नेता तथा अनुगमन समितिका संयोजक विश्व प्रकाश प्रसाई लगायतको सहभागिता रहने वताइएको छ । यता नेपाली कांग्रेस पर्वतले निर्वाचनको प्रचार प्रसार गतिविधी तथा तहगत नेता तथा कार्यकर्ताको भुमिकाको अभिलेखिकरण गर्दै कमीकमजोरी समाधान गर्न गठित निर्वाचन अनुगमन समितिलाई पुर्णता दिएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लगायत पाटीका तहगत नेता, पदाधिकारी, महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधी, भातृ एवम् सुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधीको भेलाले पाटीका युवा नेता, डिएलए पर्वतका अध्यक्ष एवम् निवर्तमान पाटी सचिव विश्व प्रकाश प्रसाईलाई निर्वाचन अनुगमन समितिको संयोजक चयन गरेकोमा विहिवार उक्त समितिलाई पुर्णता दिइएको छ ।

समितिका अन्य सदस्यहरुमा गण्डकी प्रदेश समिति सदस्य मिना के.सी., जिल्ला सल्लाहकार सदस्य यदुनाथ शर्मा, पान वहादुर हमाल, जिल्ला सदस्य गुप्त प्रताप सेन, जिल्ला संगठन विभाग सदस्य हरी न्यौपाने, पर्वत काठमाण्डौ सम्पर्क समितिका उपाध्यक्ष वालचन्द्र शर्मा र पुर्व वडा अध्यक्ष भिष्म मल्ल रहनु भएको छ । समितिको विहिवार सम्पन्न पहिलो वैठकले अनुगमन कार्यविधि तर्जुमा गर्नुको साथै ५ दिन भित्र पालिका स्तरीय अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ । समितिका संयोजक विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न वैठकमा नेपाली कांग्रेस पर्वतका सभापति युवराज जोशीले जुनसुकै नेता वा कार्यकर्तावाट निर्वाचनमा असहयोग हुन नहुने भन्दै नेतृत्वले खेल्नुपर्ने भुमिकामा कमी देखिएमा समितिले मार्गदर्शन गर्न सक्ने वताउनु भयो । वैठकमा निवर्तमान पाटी सभापति एवम् चुनाव प्रचार प्रसार समितिका संयोजक खिमप्रसाद भुषालले निर्वाचन केन्द्रित एक दर्जन समितिहरु मध्ये सवैभन्दा महत्वपुर्ण जिम्मेवारी अनुगमन समितिको रहने भन्दै जिम्मेवारी वमोजिम संवेदनशिल वन्न अनुरोध गर्नुभयो । वैठकमा जिल्ला सचिव गुप्तनिधी शर्मा, सहसचिव अज्यूत तिवारी, कोषाध्यक्ष हेम शर्मा पौडेल र जिल्ला सदस्य ओम प्रसाद शर्मा घायलले अनुगमनको प्रभावकारिताको लागि आआफ्नो अनुभवजन्य सुझाव राख्नु भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline