बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज होली पर्व हिमाली तथा पहाडी क्षेत्रमा मनाईंदै, भिडभाड गर्न रोक

आज होली पर्व हिमाली तथा पहाडी क्षेत्रमा मनाईंदै, भिडभाड गर्न रोक

by sambridhaonline

फागुन १८ , पोखरा – फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्‍भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो ।

केही वर्षअघिसम्म काठमाण्डौ उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ ।

फागुपर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन । आज काठमाण्डौको वसन्तपुरमा गाडिएको ‘चिर’ विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लिइन्छ र चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ । तराई–मधेस क्षेत्रमा भने भोलि होली मनाउने परम्परा छ ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ । यसपालि कुनै संघसंस्था वा कलाकारलाई कन्सर्ट तथा साङ्गीतिक कार्यक्रम गर्न दिइएको छैन ।

प्रहरीले चोक–चोकमा विशेष सुरक्षा व्यवस्था मिलाएको छ । प्रहरीले भिडभाड नगरी होली मनाउन आग्रह गरेको छ । फागुपर्व नेपालका साथै भारत लगायत विभिन्न देशमा फरक–फरक नाम र परम्परामा मनाइन्छ । इटालीमा ‘बेलियाकोनोन्स’ नामले, चीन मा ‘च्वेज’ नामले, र अमेरिका मा ‘होबो’ नामले समान प्रकृतिका उत्सव मनाइने उल्लेख पाइन्छ ।

यस्तै श्रीलङ्का, इन्डोनेसिया, म्यान्मार, थाइल्यान्ड, जापान र इजिप्ट लगायतका देशमा पनि विभिन्न सांस्कृतिक रूपान्तरणसहित समान प्रकृतिका उत्सव मनाइन्छन् । नाम फरक भए पनि सबै ठाउँमा आपसी सद्‍भाव, सामाजिक एकता र उत्साह अभिवृद्धि गर्नु नै यसको मूल उद्देश्य रहेको पाइन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline