बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न इरानी राष्ट्रपतिको तीन वटा शर्त

अमेरिका र इजरायलसँगको युद्ध अन्त्य गर्न इरानी राष्ट्रपतिको तीन वटा शर्त

by sambridhaonline

फागुन २८ – इरानका राष्ट्रपति मसूद पेजेश्यिकानले युद्ध अन्त्य गर्न तीन वटा शर्त राख्नुभएको छ । अमेरिका र इजरायलसँग चलिरहेको युद्धको बीचमा उहाँले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत तेहरानको वैध अधिकारको मान्यता, क्षतिपूर्तिको भुक्तानी र भविष्यमा हुने आक्रमणविरुद्ध दृढ अन्तर्राष्ट्रिय ग्यारेन्टीको शर्त राख्नुभएको हो ।

यसैबीच अमेरिका र र इरानले तत्काल युद्ध अन्त्य नहुने सङ्केत दिएका समाचार संस्था रोयटर्सले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको आक्रमण नसकिएको बताउनुभएको छ । यस्तै इरानले विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल २०० अमेरिकी डलर पुग्ने र हर्मुज समुद्री मार्गबाट तेल ढुवानी नहुने चेतावनी दिएको छ ।

अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण हर्मुज समुद्री मार्ग बन्द हुँदा कच्चा तेलको आपूर्ति प्रभावित भएको छ र मूल्यमा तीव्र वृद्धि भएको छ । हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्वपूर्ण समुद्री मार्ग मानिन्छ । हरेक दिन झन्डै २ करोड ब्यारेल तेल यही क्षेत्र हुँदै आपूर्ति हुने गर्दछ । यो क्षेत्र पर्सियन खाडी र ओमान खाडीको बीचमा रहेको छ ।

यसैबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले तेल बजार स्थिर बनाउन रणनीतिक तेल भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा ल्याउने घोषणा गरेको छ । यस्तै अमेरिकाले पनि रणनीतिक तेल भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल निकाल्ने बताएको छ ।

अमेरिका र इजरायलको संयुक्त आक्रमणमा इरानी सर्वाेच्च नेता अयातोल्लाह अली खामेनी मारिएपछि मध्यपूर्वमा तनाव बढेको छ । झन्डै दुई हप्ताअघि शुरू भएको युद्धले मध्यपूर्वभरि तनाव बढेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline