बुधबार, साउन १३, २०८३
Wednesday, July 29, 2026
Home Featured News समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगले रुजु गर्दै

समानुपातिकतर्फ दलहरूले पेस गरेको सूचीमा निर्वाचन आयोगले रुजु गर्दै

by sambridhaonline

चैत २ , पाेखरा – चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।

सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना सांसदको सूची हिजो आयोगमा पेस गरेको छ । यसैगरी नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४/४ जना उम्मेदवारको सूची क्लस्टर मिलाएर पेस गरेका छन् ।

क्लस्टर अर्थात् समावेशी समूहअनुसार सूची मिले/नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । दलहरूले बुझाएको सूचीमा त्रुटि नभए आज नै निर्वाचितको सूची सार्वजनिक गर्ने आयोगको तयारी छ ।

दलहरूले समावेशी समूहअनुसार बुझाएको सूचीमा केही त्रुटि भएमा मिलाएर पठाउन फेरि समय दिनुपर्ने आयोगको भनाइ छ । सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।

समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि नयाँ सरकार बनाउने बाटो खुल्नेछ

। अबको एक हप्ताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने रास्वपाले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline