बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सुडानमा अस्पतालमा भएकाे आक्रमणमा १३ बालबालिकासहित ६४ जनाको ज्यान गयो

सुडानमा अस्पतालमा भएकाे आक्रमणमा १३ बालबालिकासहित ६४ जनाको ज्यान गयो

by sambridhaonline

चैत ८ , पोखरा – सुडानको डार्फर क्षेत्रको एक अस्पतालमा भएको आक्रमणमा १३ बालबालिकासहित कम्तीमा ६४ जनाको ज्यान गएको छ ।

पूर्वी डार्फर राज्यको राजधानी अल–दाईनमा रहेको शिक्षण अस्पतालमा दुई महिला नर्स र एक पुरुष डाक्टरको पनि ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डा. टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । आक्रमणपछि अस्पताल पूर्णरूपमा निष्क्रिय बनेको छ जसले घाइते र बिरामीहरूको उपचारमा गम्भीर सङ्कट सिर्जना गरेको छ ।

युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ । सुडान सन् २०२३ अप्रिलदेखि गम्भीर द्वन्द्वमा फसेको छ ।

सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको शक्ति सङ्घर्ष व्यापक युद्धमा परिणत भएको छ । यही द्वन्द्वकै क्रममा नागरिक पूर्वाधार, विशेषगरी स्वास्थ्य संस्थाहरू बारम्बार निशानामा पर्दै आएका खबरमा उल्लेख छ ।

अस्पतालमा भएको यस पछिल्लो आक्रमणका विषयमा दुवै पक्षले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् । डब्ल्यूएचओको तथ्याङ्कअनुसार अहिलेसम्मको युद्धमा ४० हजार जनाभन्दा धेरैको ज्यान गइसकेको बताएको छ, तर विभिन्न सहायता संस्थाहरूले वास्तविक सङ्ख्या अझ धेरै हुन सक्ने बताएका छन् ।

डब्ल्यूएचओकाअनुसार युद्ध शुरू भएयता स्वास्थ्य संस्थामाथि भएका आक्रमणमा मात्र दुई हजारभन्दा धेरै जनाको ज्यान गएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline