बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News गुल्मीमा चट्याङ्ग लागेर ६ जना घाइते

गुल्मीमा चट्याङ्ग लागेर ६ जना घाइते

by sambridhaonline

चैत ७ , पोखरा – गुल्मीका विभिन्न ठाउँमा हिजो परेको चट्याङ्गले लागेर ६ जना घाइते भएका छन् ।

मालिका गाउँपालिका–२ दर्लिङमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो । घाइतेको जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको छ ।

हिजो नै मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङ्गले लागेर ६४ वर्षीय नारायण थापासहित उहाँका नातिनीहरू ३ वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरी सामान्य घाइते भएको सूचना अधिकारी सारुले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline