बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सभागृह चोकमा भएको महिलाको हत्या आफ्नै भान्जाले गरेको खुलासा

सभागृह चोकमा भएको महिलाको हत्या आफ्नै भान्जाले गरेको खुलासा

by sambridhaonline

चैत २७ , पाेखरा – पोखराको सभागृह चोकमा भएको महिलाको हत्या आफ्नै भान्जाले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार पत्रकार सम्मेलनमार्फत यो जानकारी दिदै मुख्य अभियुक्त र उनका मतियारलाई सार्वजनिक गरेको हो ।

गत बुधवार साँझ सवा ७ बजेको समयमा पोखरा-५ मालेपाटन बस्ने ४२ वर्षीया सिर्जना पौडेल केसीको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । उनलाई धारिलो हतियार प्रहार गर्ने उनकै भान्जा पर्वतको कुश्मा नगरपालिका–११ सिल्मीका २७ वर्षीय सन्तोष भन्ने शिशिर केसी रहेको प्रहरी उपरीक्षक नविन कार्कीले बताउनुभयाे । सोही हत्या काण्डमा संलग्न पोखरा १७ रातोपैह्रोका ३२ वर्षीय कुशल परियारलाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

शिशिरलाई बुटवलबाट विहीबार र परियारलाई पोखराबाट आजै शुक्रबार पक्राउ गरिएको हो । उनीहरुले हत्यामा प्रयोग गरेको ग२५ प ३०४४ नम्बरको स्कुटर पोखराकै मुस्ताङचोकबाट र धारिलो हतियार खुँडा पोखरा–१७ तितेपानीको जंगलमा फेला परेको प्रहरीले जनाएको छ । ‘प्रारम्भिक अनुसन्धानका क्रममा घरपरिवारमा भएको बेमेल, अंशमुद्धाका कारण हत्या गरेको देखिन्छ’, कास्की प्रहरी प्रमुख नविन कार्कीले भन्नुभयाे , ‘घटनामा अरु पनि संलग्न रहेको आशंकामा आधा दर्जन जतिलाई सोधपुछ गरेका छौ । अन्य पनि तानिन सक्छन् ।’

शिशिरले परियारलाई मलाई एउटा काममा सहयोग गर्नुपर्यो पैसा दिन्छु भनेर स्कुटर चलाउन लगाएका थिए । प्रहरीका अनुसार शिशिरले साह्रै ईगो साँधेर एकदिन मार्छु भनेर भन्दै आएको र १ महिना अघिबाट मार्ने योजना बनाएका थिए । घटना हुने दिन पनि सर्टर बन्द भएको र उज्यालो कम भएको बेला पारेको कार्कीले बताउनुभयाे । प्रहरीले दिउँसै बोरामा खुँडा बोकेको, स्कुटर चढेको लगायत घटना हुने बेला अभियुक्तहरुले लगाएका कपडासमेत सार्वजनिक गरेको छ ।

सिर्जनाले कास्की जिल्ला अदालतबाट बकसपत्र सम्बन्धी मुद्दा जितेर पतिको अंश भोग गरेकी थिइन् । तर, उनीबाट सम्पत्ति फिर्ता गराउन पतितर्फका आफन्त सक्रिय थिए । पोखरा उपमहानगरपालिका-५ मा बस्ने सिर्जनाको पृथ्वीचोकमा जुत्ता पसल थियो । मालेपाटनका कृष्ण केसीसँग उनको चार वर्षअघि विवाह भएको थियो । जेठी पत्नीले विष सेवन गरी आत्महत्या गरेपछि सिर्जनासँग विवाह गरेका थिए ।

विवाहपछि एक छोरीको जन्म भएको थियो । अहिले छोरी तीन वर्षकी भइन् । कृष्णको निधन दुई वर्षअघि भएको थियो । कृष्णको जेठीतर्फका छोरा लागुऔषध मुद्दामा कास्की जिल्ला कारागारमा कैद छन् । पतिको निधनपछि परिवारमा अंशको किचलो शुरु भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline