सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News सरकारी कर्मचारीले अब १५/१५ दिनमा महिनाको दुई पटक तलब पाउने

सरकारी कर्मचारीले अब १५/१५ दिनमा महिनाको दुई पटक तलब पाउने

by sambridhaonline

बैशाख ७ , पोखरा – सरकारी कर्मचारीको पारिश्रमिक भुक्तानी प्रणालीमा सरकारले फेरबदल गरेको छ। अब कर्मचारीले महिना मर्नुअघि नै दुई पटक आफ्नो तलब सुविधा पाउनेछन्। अर्थ मन्त्रालयले हालै यस्तो महत्वपूर्ण निर्णय गरेको हो।

मन्त्रालयले यो व्यवस्था कार्यान्वयनका लागि महालेखा नियन्त्रक कार्यालयलाई आवश्यक निर्देशन दिएको छ। जारी पत्रअनुसार कार्यालयले अब यसको तयारी थाल्नुपर्नेछ। अहिलेसम्म कर्मचारीले महिनाको अन्त्यमा मात्र एकैपटक तलब बुझ्ने चलन थियो।

नयाँ व्यवस्था लागू भएपछि महिनालाई दुई चरणमा बाँडेर पारिश्रमिक वितरण हुनेछ।

पारिश्रमिक पाउने समय फेरिँदा कर्मचारीलाई फाइदा पुग्ने अर्थ मन्त्रालयको ठहर छ। यसले कर्मचारीको नगद प्रवाह व्यवस्थापनलाई सहज बनाउनेछ। उनीहरूलाई आर्थिक योजना बनाउनसमेत यसले मद्दत गर्ने अपेक्षा गरिएको छ। नियमित रूपमा पैसा हात पर्दा दैनिक खर्च चलाउन सजिलो हुने मन्त्रालयले जनाएको छ बैंकिङ प्रणालीसँग समन्वय गरेर यो प्रक्रियालाई थप पारदर्शी बनाइने र यसले भुक्तानी प्रणालीलाई अझ व्यवस्थित तुल्याउने लक्ष्य राखिएको छ। यो नयाँ प्रणालीले कर्मचारीको जीवनयापन र आर्थिक सन्तुलनमा सकारात्मक प्रभाव पार्ने विश्वास मन्त्रालयले लिएको छ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline