मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै

रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै

by sambridhaonline

बैशाख ८ , पोखरा – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । आज बेलुका ललितपुरको पुल्चोकमा रहेको ३२ हात लामो रथलाई तानेर गाःबहालमा पुर्‍याइन्छ ।

रथ तान्नुअगाडि गुरुज्यूको पल्टनले सलामी दिनुका साथै विभिन्न टोलमा रहेका बाजागाजा समूहले रथको अघिपछि बसेर पुल्चोकदेखि गाःबहालसम्म पुर्‍याउने परम्परा छ । रथलाई विभिन्न ठाउँमा पुर्‍याएपछि पूजा गर्नुका साथै स्थानीय बासिन्दाले जात्रा भोज खुवाउने चलन छ ।

साइतअनुसार रथ तान्न शुरु गरी विभिन्न रुटमा गाःबहालबाट फेरि मंगलबजार, सुनधारा, चक्रवहिल हुँदै लगनखेलको थटीटोलमा पुर्‍याइन्छ । त्यहाँ नरिवल खसाल्ने जात्रा सकिएपछि साइत निकालेर फेरि जावलाखेल लगिन्छ र जावलाखेलमा भोटो जात्रा देखाएर त्यही दिन रातो मच्छिन्द्रनाथलाई बुङमती लगेर राखिन्छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline