बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ

पोखरामा २ जना टोले गुण्डा नक्कली पेस्तोलसहित पक्राउ

by sambridhaonline

बैशाख ११ पाेखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखरा महानगरपालिका–८ सिमलचौरबाट दुई जना टोले गुण्डालाई नक्कली पेस्तोलसहित पक्राउ गरेको छ।प्रहरीका अनुसार वैशाख १० गते साँझ करिब ७‍:३० बजे स्थानीयवासीलाई हतियार देखाई डरत्रास देखाएको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका–२ स्थायी घर भई हाल पोखरा–८ सिमलचौर बस्दै आएका ३२ वर्षीय सुवास कायस्थ र ३१ वर्षीय सुरज कायस्थ रहेका छन्। उनीहरूको डेरा कोठामा खानतलासी गर्दा रडको स्लाइड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान तथा दुई थान नोक बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी निरीक्षक तथा सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिनुभयाे।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline