शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै

पोखरामा सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक रिसाइकल सेन्टर निर्माण गरिँदै

by sambridhaonline

बैशाख १९ पाेखरा – कास्कीको पोखरा महानगरपालिकाले फालिएका वस्तुको पुनः प्रयोग अर्थात् (रिसाइकल तथा अपसाइकल) गर्ने उद्देश्यका साथ सवा २ अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक केन्द्र निर्माण गरिरहेको छ ।

नयाँ बजार प्रदर्शनी केन्द्रमा निर्माणाधीन केन्द्रबाट प्रत्यक्ष रूपमा झन्डै ३ हजार व्यक्तिलाई रोजगारीसँग जोड्ने लक्ष्य छ । पोखरा महानगरका मेयर धनराज आचार्यका अनुसार केन्द्रबाट नयाँ सामग्री उत्पादन गर्ने र चक्रीय आर्थिक प्रणाली (इकोनोमिक इको–सिस्टम) बारे अध्ययन गर्ने सिकाइ केन्द्रका रूपमा विकसित गरिनेछ ।

दक्षिण कोरियाली सरकारको झण्डै २ अर्ब २५ करोड रुपैयाँ आर्थिक सहयोगमा सञ्चालित यो आयोजनामा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र कोइकाको साझेदारी रहेको छ । आयोजना कार्यान्वयनका लागि पोखराको शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय साझेदारसँगको समन्वयमा काम अगाडि बढाइएको हो ।

परियोजनालाई प्रभावकारी बनाउन महानगरका वडा तहमा सामुदायिक समूह गठन गरिएको छ । ती समूहलाई आवश्यक पर्ने प्राविधिक उपकरण र अन्य सामग्री आयोजनाले नै उपलब्ध गराइरहेको मेयर आचार्यले जानकारी दिनुभयो । यो पहलबाट फोहोर व्यवस्थापनका साथै स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने विश्वास छ ।

परियोजनाले नकुहिने फोहोर प्रशोधनसहित फोहोरबाट नयाँ चिजहरू उत्पादन गर्नेछ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline