शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना

अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना

by sambridhaonline

बैशाख १८, पोखरा – अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजदेखि आउँदो मङ्गलवार जेठ २४ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।

अबको एक हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । विभागका मौसमविद् ढकालका अनुसार यी प्रदेशका १/२ ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।

यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार गण्डकी प्रदेशमा हप्तैभरि वर्षाको सम्भावना छ । आउँदो मङ्गलवारसम्म देशका हिमाली भेगका केही ठाउँमा हिउँ पर्ने पनि सम्भावना छ । अबको एक हप्ता गर्मी केही कम हुने विभागको पूर्वानुमान छ ।

प्रि–मनसुनमा वर्षासँगै मेघगर्जन/चट्याङ र हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन विभागको आग्रह छ । यो बेला मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन विभागको भनाइ छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline