सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News अझै केही दिन पानी पर्ने, आज तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

अझै केही दिन पानी पर्ने, आज तीनवटा प्रदेशमा ठूलो वर्षाको सम्भावना

by sambridhaonline

बैशाख २१ , पोखरा – अझै केही दिन पानी पर्ने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका एक, दुई ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङ सहित ठूलो वर्षाको सम्भावना छ । अरु प्रदेशका केही ठाउँमा पनि हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा तथा अरु प्रदेशका थोरै ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा हुने अनुमान छ । पर्सि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ ।

ठूलो पानी पर्ने क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन तथा चट्याङ्ग र हावाहुरीबाट जोगिन सुरक्षित ठाउँमा बस्न महाशाखाले आग्रह गरेको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline