सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News इरानको १४ बुँदे प्रस्तावमाथि समिक्षा गर्ने ट्रम्पको घोषणा

इरानको १४ बुँदे प्रस्तावमाथि समिक्षा गर्ने ट्रम्पको घोषणा

by sambridhaonline

बैशाख २१, पोखरा – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध अन्त्यका लागि पठाइएको नयाँ प्रस्तावमाथि चाँडै समीक्षा गर्ने घोषणा गर्नुभएको छ । तर यो प्रस्ताव स्वीकार्य हुने सम्भावनाप्रति उहाँले गम्भीर शङ्का व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल ‘ट्रूथ सोसल’मार्फत प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले इरानले पठाएको योजनाको चाँडै समीक्षा गर्ने तर त्यो स्वीकार हुने सम्भावना नरहेको बताउनुभएको छ ।

उहाँले प्रस्तावको अवधारणाबारे प्रारम्भिक जानकारी पाएको र विस्तृत मस्यौदाको प्रतीक्षामा रहेको बताउनुभएको छ । ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै यदि ‘गलत कदम’ चालिएमा अमेरिकी सेनाले पुनः सैन्य कारबाही शुरु गर्न सक्ने संकेत समेत गर्नुभयो ।

यसले दुई देशबीचको तनाव अझ चर्किने आशंका गरिएको छ । पाकिस्तानमार्फत अमेरिकासमक्ष पेश गरिएको १४ बुँदे प्रस्तावमा इरानले सैन्य आक्रमण नगर्ने ग्यारेन्टी, मध्यपूर्व क्षेत्रबाट अमेरिकी सेनाको फिर्ती, रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा तथा आर्थिक प्रतिबन्ध हटाउनुपर्ने प्रमुख माग राखेको छ।

साथै, हर्मुज जलसन्धिमा नयाँ सुरक्षा संयन्त्र निर्माण र लेबनानलगायत विभिन्न मोर्चामा जारी द्वन्द्व अन्त्य गर्ने विषय पनि समेटिएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline