सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

एसईईको नतिजामा सुधार, ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

by sambridhaonline

बैशाख २९ , पाेखरा – एसईईको नतिजा सार्वजनिक भएको छ । परीक्षा सकिएको २९ दिनमा हिजो नतिजा सार्वजनिक भएको हो । यसपालि एसईईमा ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पोहोर ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।

परीक्षामा दुई लाख ८४ हजार १ सय ६० विद्यार्थी ग्रेडेड र एक लाख ४६ हजार ५ सय ७ परीक्षार्थी ननग्रेडेड भएका छन् । सार्वजनिक नतिजाअनुसार ४८ हजार ३ सय ९२ परीक्षार्थीले सबैभन्दा उच्च जिपिए अर्थात् तीन दशमलव ६० देखि चार ल्याएका छन् भने ८० हजार ३ सय ७२ जनाले तीन दशमलव २० देखि तीन दशमलव ६० जिपिए ल्याएका छन् ।

त्यस्तै, ९४ हजार २ सय २२ जनाले दुई दशमलव ८० देखि तीन दशमलव २० जिपिए, ५५ हजार ९ सय ७७ जनाले दुई दशमलव ४० देखि दुई दशमलव ८० जिपीए, पाँच हजार १ सय ९० जनाले दुईदेखि दुई दशमलव ४० जिपिए र सात जनाले एक दशमलव ६० देखि दुई जिपिए ल्याएका छन् ।

ननग्रेडेड (एनजी) प्राप्त गर्ने विद्यार्थीहरूले पुनःग्रेड वृद्धि परीक्षा दिन पाउँछन् । दुई विषयसम्म एनजी आउने विद्यार्थीका लागि तत्कालै ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । यसवर्ष एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने शिक्षा मन्त्रालयको निर्देशनपछि बोर्डले परीक्षा केन्द्रमा उत्तरपुस्तिका परीक्षण गराएको थियो ।

वैशाख ५ गतेसम्ममा देशैभरबाट उत्तरपुस्तिका बोर्डको कार्यालयमा सङ्कलन गरी नतिजा अध्यावधिक गर्ने, कम्प्युटरमा प्रविष्ट गराउने काम थालिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline