सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News पोखराको सडकमा अत्याधिक धुवा फाल्दै कुद्ने बसलाई ट्राफिक कारबाही

पोखराको सडकमा अत्याधिक धुवा फाल्दै कुद्ने बसलाई ट्राफिक कारबाही

by sambridhaonline

असार १८ , पोखरा – पोखराका सडकमा प्राविधिक अवस्था कमजोर रहेका तथा अत्याधिक धुवा फाल्दै सञ्चालन हुने नगर बसबारे सर्वसाधारणबाट व्यापक गुनासो आएपछि जिल्ला ट्राफिक कार्यालय कास्कीले त्यस्ता सवारीमाथि कारबाही थालेको छ।

कार्यालयका अनुसार अवस्था ठिक नभएका नगर बसहरू सञ्चालन भइरहेको भन्दै कार्यालयमा निरन्तर जनगुनासो प्राप्त हुनुका साथै कारबाहीको माग गर्दै विभिन्न सामाजिक सञ्जालमा समेत पोस्टहरू सार्वजनिक भएका थिए।

सोही गुनासोका आधारमा अत्याधिक धुवा फाल्दै सञ्चालन भइरहेको एक नगर बसलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही गरेको जनाएको छ। साथै, सवारी साधनको प्राविधिक अवस्था मापदण्डअनुसार सुधार गर्न लगाई आवश्यक प्रक्रिया पूरा भएपछि मात्र छोडिएको कार्यालयले जनाएको छ।

जिल्ला ट्राफिक कार्यालय कास्कीले वातावरण प्रदूषण न्यूनीकरण तथा सुरक्षित र व्यवस्थित सवारी सञ्चालनका लागि यस्ता अनुगमन र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ। साथै, प्राविधिक अवस्था कमजोर भएका तथा अत्याधिक धुवा फाल्ने सवारीसाधन सञ्चालन नगर्न सम्बन्धित व्यवसायी तथा चालकलाई अनुरोध गरेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline