शनिबार, साउन १६, २०८३
Saturday, August 1, 2026
Home Featured News सुनसरीमा कर्फ्यु बेलुका ५ बजेसम्मका लागि हट्यो, निषेधाज्ञा लागू, राजमार्गमा गाडी चल्न सक्ने

सुनसरीमा कर्फ्यु बेलुका ५ बजेसम्मका लागि हट्यो, निषेधाज्ञा लागू, राजमार्गमा गाडी चल्न सक्ने

by sambridhaonline

साउन १६ , पोखरा – सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न ठाउँमा लगाएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई हटाएको छ ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले विज्ञप्तिमार्फत् आज बिहान साढे ८ बजेदेखि बेलुका ५ बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिनुभएको छ ।

कर्फ्यु हटाइए पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेधाज्ञा लागू गरेको छ । यो आदेश अनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा धेरै मानिसहरू भेला हुन वा जम्मा हुन, हुलहुज्जत गर्न पाउने छैनन् ।

महेन्द्र राजमार्गमा गाडी निर्वाधरुपमा चल्न सक्ने प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभएको छ । इटहरी उपमहानगरपालिकाको वडा नं. १६ र १७ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, रामधुनी नगरपालिकाको वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दायाँ–बायाँ क्षेत्र, इनरुवा, दुहवी, भोक्राहा नरसिंह, कोशी, गढी, देवानगंज, हरिनगर र बर्जुको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ ।

यसअघि गएको साउन १२ गते रातिदेखि अर्को सूचना नआएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline