आइतवार, साउन १७, २०८३
Sunday, August 2, 2026
Home Featured News ब्रोड पिकको हिमपहिरोमा परेका निर्मल पुर्जा सहित १० जना आरोहीकै मृत्यु

ब्रोड पिकको हिमपहिरोमा परेका निर्मल पुर्जा सहित १० जना आरोहीकै मृत्यु

by sambridhaonline

साउन १७ पाेखरा – पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेका सबै आरोहीको निधन भएको छ। बिहीबार बिहान हिमपहिरोमा परेका नेपालका विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्स दाइ’ पुर्जासहित दसै जना आरोहीको निधन भएको हो। पुर्जा संस्थापक रहेको एलिट एक्सपेडले उनीसहित दसै जना आरोहीको दुःखद निधन भएको पुष्टि गरेको हो। आरोहण दल पुर्जाकै नेतृत्वमा थियो। बिहीबार बिहान करिब ६ हजार ७०० मिटर उचाइमा पुगेपछि खसेको हिमपहिरोमा परी उनीहरू सबै बेपत्ता भएका थिए।

नेपालका पुरबहादुर गुरूङ, ओमानका नधिरा अहमद अब्दुल्लाह अल हार्थी र अमेरिकी आरोही मालोरी गाइसको शव शुक्रबार नै भेटिएको थियो। नेपालका किली पेम्बा शेर्पा ‘किलु’, निमा शेर्पा र नवाङ थिन्डु शेर्पा तथा पाकिस्तानका सोहेल साखी र चीनका वाङ जोङको खोजी गर्न शनिबार बिहानैदेखि उद्धार टोली परिचालन गरिएको थियो। अपराह्नसम्म खोजी गर्ने क्रममा उनीहरू सबैको निधन भएको एलिट एक्सपेडले पुष्टि गरेको छ।

आरोहण व्यवस्थापक सेभेन समिटका महाप्रबन्धक थानेश्वर गुरागाईंले उद्धार टोलीले खोजी गर्ने क्रममा उनीहरुको शव देखिएको जानकारी प्राप्त भएको बताउनुभयो । काराकोरम हिमशृंखलामा अवस्थित विश्वकै खतरनाक मानिने के-२ केही दूरीमा छ ब्रोड पिक। यो हिमाल पनि के-२ जत्तिकै खतरनाक मानिन्छ।

समुद्र सतहबाट ८ हजार ५१ मिटर उचाइमा रहेको यो हिमाल विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमालहरूमध्ये १२ औं स्थानमा पर्छ। उनले ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गर्दै नयाँ विश्व कीर्तिमान बनाएका थिए। ब्रोड पिकपछि चोयू हिमाल चढेको खण्डमा पुर्जा ती सबै १४ हिमाल दोहोर्‍याएर आरोहण गर्ने इतिहासकै पहिलो व्यक्ति बन्ने थिए। उनले यो कुरा आरोहणअघि आफ्नो फेसबुकमा पनि लेखेका थिए। शुक्रबार नै मृत भेटिएका पुरबहादुर गुरूङ ‘युक्ता’ पनि संसारकै १४ हिमालको सफल आरोहणको नजिकमा थिए। उनले सगरमाथा हिमाल १० पटक आरोहण गरिसिकेका छन्।अघिल्लो वसन्त ऋतुमा मात्रै युक्ताले नेपालका तीनवटा ८ हजार मिटर माथिका हिमाल चढेका थिए। त्यो मौसमको अन्त्यसम्ममा उनको नाममा १० पटक सगरमाथा आरोहण र १२ वटा ८ मिटर माथिको हिमाल आरोहणको सफलता उनको नाममा दर्ज भइसकेको थियो।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline