मङ्लबार, साउन १९, २०८३
Tuesday, August 4, 2026
Home Featured News ग्यास अभावको मुख्य कारण ४५ हजार मेट्रिक टन कम आयात, उपभोक्तालाई संयमित बन्न संघको आग्रह

ग्यास अभावको मुख्य कारण ४५ हजार मेट्रिक टन कम आयात, उपभोक्तालाई संयमित बन्न संघको आग्रह

by sambridhaonline

साउन १९ , पाेखरा – पछिल्लो ४ महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास कम आयात भएकाले बजारमा अभाव देखिएको एलपी ग्यास उद्योग संघ नेपालले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको द्वन्द्व र आधा सिलिन्डर ग्यास वितरणका कारण सिर्जना भएको समस्या समाधान गर्न आयात बढाइएको संघले मंगलबार अपिलमार्फत स्पष्ट पारेको छ ।

विगत केही समयदेखि तेस्रो मुलुकमा भएको अप्रत्यासित द्वन्द्वले ग्यास आयात प्रभावित भएको थियो । त्यस समयमा उपभोक्ताको सहजताका लागि ७.१ केजी ग्यास भएको आधा सिलिन्डर मात्र उपलब्ध गराइएको थियो । अहिले अन्तर्राष्ट्रिय परिस्थिति सुध्रिएपछि साविक बमोजिम नै १४.२ केजीको भरिएको सिलिन्डर बजारमा पठाउन थालिएको संघले जानकारी दिएको छ ।

ग्यास नियमित आयात हुँदा पनि बजारमा अभाव देखिनुको मुख्य कारण माग र आपूर्तिको सन्तुलन नमिल्नु रहेको संघको ठहर छ । विगत ४ महिनाको अवधिमा नियमित खपतभन्दा करिब ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको तथ्यांक छ । लामो समयसम्म आधा सिलिन्डर प्रयोग गरेका उपभोक्ताले अहिले एकैपटक खाली सिलिन्डर भर्न खोज्दा लाइन लाग्नुपर्ने अवस्था आएको हो ।बिक्रेतालाई उपलब्ध भएको ग्यास आम उपभोक्तालाई प्राथमिकतामा राखेर पारदर्शी ढंगले वितरण गर्न संघले निर्देशन दिएको छ । उद्योग र निगमले बजार सहज नहुन्जेल नियमितभन्दा बढी ग्यास आयात गर्ने कार्यमा इमानदार भएर लागेको दाबी गरेका छन् । उपभोक्तालाई अनावश्यक व्ययभार नथपियोस् भनेर साविक बमोजिमकै भरिएको सिलिन्डर प्रयोगलाई नियमित गरिएको संघले जनाएको छ ।

आफ्नो सानो भूमिकाले ग्यास नपाएर भौंतारिरहेका उपभोक्तालाई ठूलो सहयोग पुग्ने संघको विश्वास छ । बजारलाई यथासक्य चाँडो सहज बनाउने अभियानमा सबै पक्ष कर्तव्यनिष्ठ भएर लाग्नुपर्नेमा जोड दिइएको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline