बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा पूर्ण बन्द

पृथ्वी राजमार्गको परेवाभिर खण्ड आज पनि १२ घण्टा पूर्ण बन्द

by sambridhaonline

भदौ २१ , पोखरा – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्ड आज दोस्रो दिन पनि २ घण्टा पूर्ण रूपमा बन्द रहने भएको छ। १० भदौमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण परेवाभिर क्षेत्रको सडकमा क्षति पुगेपछि मर्मतका लागि राजमार्ग बन्द गरिएको धादिङ प्रशासनले जनाएको छ । बाढीले राजमार्गमा क्षति गरेपछि सडक एकतर्फी मात्र सञ्चालन हुँदै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार आइतबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म उक्त खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुनेछ । मर्मत अवधिभर अत्यावश्यक सवारीसाधन (एम्बुलेन्स र शववाहन) बाहेक अन्य सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ।

प्रशासनले शनिबार पनि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरेर सडक मर्मतको काम गरेको थियो । सडक मर्मतको काम नसकिएपछि प्रशासनले आज पनि आवगामन पूर्ण रूपमा रोकेर सडक मर्मतको कामलाई तीव्रता दिएको हो । प्रशासनले सडक बन्द हुँदा यात्रु तथा सवारीचालकहरूमा पर्न जाने असुविधाप्रति क्षमा माग्दै सो अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न सबैमा अनुरोध गरेको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline