बिहिबार, भदौ २५, २०८३
Thursday, September 10, 2026
Home Featured News भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक ,राष्ट्रिय झन्डा आधा झुकाइने

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक ,राष्ट्रिय झन्डा आधा झुकाइने

by sambridhaonline

भदौ २२ , पोखरा – यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीमा ज्यान गुमाएकाहरुको सम्झनामा आज राष्ट्रिय शोक मनाइँदैछ । विनाशकारी घटनाको १३ औँ दिनमा आज राष्ट्रिय शोक मनाउन लागिएको हो । मृतकप्रति सम्मान र शोकसन्तप्त परिवारप्रति राज्यको ऐक्यबद्धता प्रकट गर्न सरकारले देशभर राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो । राष्ट्रिय शोकमा देशभरका सरकारी कार्यालय तथा विदेशका नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइनेछ । तर सार्वजनिक बिदा भने नरहेको सरकारले प्रष्ट पारेको छ ।

राष्ट्रिय शोकमा आजको दिन मृतकप्रति सम्मान व्यक्त गर्र्दै सम्पर्कमा नरहेकाहरुको खोजीलाई तीव्र बनाउने, विस्थापितलाई सुरक्षित घर फर्काउने तथा पुनर्स्थापना र पुनर्निर्माण गर्ने राष्ट्रिय संकल्पको दिनसमेत हो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चार हजार ९९६ जना अझै सम्पर्कविहीन छन् । खोजी र उद्धारको काम निरन्तर भैरहेको प्राधिकरणले जनाएको छ ।

बाढीपछि घाइते तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने काम पनि भैरहेको छ । उद्धार गरिएका नागरिकको तत्काल व्यवस्थापनका लागि रसुवा, नुवाकोट र धादिङमा होल्डिङ सेन्टर सञ्चालन गरिएको छ । अहिले तीन हजारभन्दा धेरै नागरिक होल्डिङ सेन्टरमा रहेका छन् । उद्धार र राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणको काम पनि शुरु भएको सरकारले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline