आइतवार, अशोज ४, २०८३
Sunday, September 20, 2026
Home Featured News चिलिमे जलविद्युत‍्को सुरुङमा ३ वटा शव र एउटा मानव अङ्ग फेला

चिलिमे जलविद्युत‍्को सुरुङमा ३ वटा शव र एउटा मानव अङ्ग फेला

by sambridhaonline

भदौ ३१ , पोखरा – रसुवाको चिलिमे हाइड्रोपावरको सुरुङमा फसेका ८ जना मध्ये ४ जनाको शव भेटिएको छ । बुधबार गोताखोरहरूले ३ जनाको शव र एउटा मानव अङ्ग फेला पारेका हुन् । नेपाली सेना, सशस्त्र र भारतीय टनेल विशेषज्ञहरूले चिलिमेमा फसेकाहरूको खोजी तीव्र बनाउँदै आएका थिए । सुरुङभित्रबाट लगातार पानी आएपछि गोताखोर टोलीले १३० मिटर भित्र प्रवेश गरेर शव निकालेको सैनिक प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी दिनुभयो ।

चीनको ल्हेन्दे खोला हुँदै आएको भिषण बाढीका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अनुसार ११ वटै आयोजनाको टनेलमा मानिसहरू फसेका छन्। नेपाली सेनाको नेतृत्वमा अहिले ६ वटा आयोजनामा खोज तथा उद्धारको काम भइरहेको छ । हालसम्म सुरुङबाट ९ वटा शव निकालिएको छ । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गास्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा २ जनाको शव भेटिएको थियो । ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा दुई जनाको शव भेटिएको हो।

लाङटाङ खोला जलविद्युत आयोजनामा पनि यसअघि २ जनाको शव भेटिएको थियो । चिलिमेमा एउटा खुट्टाको भाग सहित ४ जनाको शव भेटिएको हो । त्रिशूली–३ ए मा १ जनाको शव भेटिएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी बल, विदेशबाट आएका टनेल विशेषज्ञ र आयोजनाका प्राविधिक सहितका उद्धारकर्मीहरूले अहिलेसम्म टनेलबाट ३ जनालाई सकुशल उद्धार गरेका छन् । उद्धारकर्मीहरूले भदौ १९ मा त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह र कबिर महर्जनको जीवितै उद्धार गरेका थिए।

भदौ २० मा माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङको २२५ मिटर भित्र सुरुङबाट चिनियाँ नागरिक लुआइतोलाई सकुशल उद्धार गरिएको थियो । रसुवागढी जलविद्युत आयोजनाबाट सुरुमा दुई जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको थियो । चिलिमे जलविद्युत आयोजनामा उद्धारकर्मीहरूले पावरहाउस क्षेत्रमा खोजी तीव्र पारेका छन्। २२ मेगावाटको चिलिमे जलविद्युत आयोजनामा उद्धारका लागी सेनाले स्याफ्रुबेँशीदेखी चिलिमेको टनेलसम्म हेभी उपकरण लैजान बाटो बनाएका थिए।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline