बिहिबार, अशोज ८, २०८३
Thursday, September 24, 2026
Home Featured News देशभर झरी : केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्नेक्रम झनै बढ्ने

देशभर झरी : केही ठाउँमा मुसलधारे वर्षा, आजदेखि पानी पर्नेक्रम झनै बढ्ने

by sambridhaonline

असोज ८ , पोखरा – गएरातिदेखि देशका धेरै ठाउँमा झरी पर्न शुरु भएको छ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले पानी परेको हो । भोलिदेखि आइतबारसम्म ठूलो पानी पर्ने पूर्वानुमान भए पनि केही ठाउँमा गएरातिदेखि नै मुसलधारे पानी पर्न थालेको छ । गएराति लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मुसलधारे पानी परेको हो ।

पछिल्लो २४ घण्टामा पाल्पामा १६० मिलिमिटर र कपिलवस्तुमा १२५ मिलिमिटरभन्दा धेरै पानी परेको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी पानी परेमा भने त्यसलाई अति भारी वर्षा भनिन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि पानी पर्नेक्रम अझै बढ्नेछ । केही ठाउँमा मुसलधारे र आरीघोप्टे वर्षाको सम्भावना छ । मौसम एकछिन खुलेजस्तो भए पनि फेरि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै ठाउँमा निकै ठूलो वर्षाको सम्भावना छ । मधेश प्रदेश तथा कोशी प्रदेशको तराईका थोरै ठाउँमा हावाहुरीको समेत सम्भावना छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबारसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले जोखिमयुक्त क्षेत्रमा पहिरो जाने, खोला तथा नदीमा बाढी आउने सम्भावना छ । त्यसैले हवाई, सडक यातायात प्रभावित हुनसक्ने पूर्वानुमान छ । सम्भावित जोखिमबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline