शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

स्याङ्जामा तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस

by sambridhaonline

असोज २१ , पोखरा – स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

त्यस्तै कालीगण्डकी गाउँपालिकामा असारमा ११, साउनमा २३ र भदौमा ६० गरी ९४ जना, चापाकोट नगरपालिकामा क्रमशः ५, १७ र १५ गरी ३७ जना तथा अर्जुनचौपारी गाउँपालिकामा २, ८ र १५ गरी २५ जनामा संक्रमण देखिएको छ । भीरकोट नगरपालिकामा असारमा ४ र साउनमा १३ गरी १७ जना, गल्याङ नगरपालिकामा ४, ६ र ६ गरी १६ जना तथा पुतलीबजार नगरपालिकामा साउनमा १ र भदौमा ५ गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

फेदीखोला, आँधीखोला, बिरुवा र हरिनास गाउँपालिकामा उक्त तीन महिनामा संक्रमणको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं तथ्यांक अधिकृत विनोदप्रसाद भट्टले जानकारी दिनुभयो । उहाका अनुसार जिल्लामा स्क्रब टाइफस संक्रमणको संख्या बढ्दै गएको छ भने अवस्था नियमित रूपमा अद्यावधिक गर्ने गरिएको छ । स्वास्थ्यकर्मीका अनुसार बिरामीको संख्या र संक्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ । वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उनीहरूले आग्रह गरेका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline